विधि पुर्‍याएर पार्टी नेतृत्व परिवर्तन गर्छौँ– कांग्रेस नेता सिंह

मंसिर ४, काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेस, कांग्रेस नभएको बताएका छन् । 

मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले काँग्रेसले जनताका लागि चित्तबुझ्दो काम गर्न नसकेको बताए । 

आगामी अधिवेशनबाट पार्टी नेतृत्वको परिवर्तन गर्नुपर्नेमा पूर्व महामन्त्री सिंहको जोड थियो । ‘हामी विधि र प्रक्रिया पुर्‍याएर नेतृत्व परिवर्तन गर्न चाहन्छौं’, उनले भने । 

null

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारण पार्टीले हार व्यहोर्नु परेको सुनाए । 

साथै उनले वर्तमान सरकारसँग काम गर्ने क्षमता नभएको टिप्पणी गरे । दुई तिहाई बहुमत मत प्राप्त सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकोले जनता सडकमा उत्रनु परेको उनको भनाइ थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =