मेगा बैंकबाट सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग

मंसिर ६, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सामुदायिक अस्पताललाई उपकरण हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा रहेको युनाइटेड मिशन टु नेपाल अन्र्तगतको ओखलढुङ्गा सामुदायिक अस्पतालको लागि Automated External Defibrillator (AED) मेशिन हस्तान्तरण गरेको छ । 

मेशिन हस्तान्तरणको लागि केन्द्रबाट मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुख जेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । 

मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई सो उपकरण हस्तान्तरण गर्दै ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्घता व्यक्त गरिन् । 

null

विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पु¥याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट त्यस्ता बिरामीहरुको मुटुको चाल सञ्चालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्न सो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *