चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला बिहिबारबाट

  

मंसिर २, काठमाडौं । आउँदो बिहिबारबाट राजधानीमा चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला हुँदैछ । वानअप प्रा. लि.ले पर्सी बिहिबार बाट दुई दिने शैक्षिक मेला आयोजना गर्न लागेको हो । 

कक्षा १२ पास गरेका ब्याचलर तथा माष्टर्स गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई एकै छानामुनी विभिन्न कन्सल्टेन्सी र अष्ट्रेलियाकै प्रतिष्ठित कलेजहरुको सहभागितामा शैक्षिक परामर्श दिइने आयोजक वान अपका निर्देशक भोला पोखरेलले बताए । 

null

‘अहिले अष्ट्रेलियन शिक्षामा भइरहेको परिवर्तन, त्यहाँको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले अष्ट्रेलिया शैक्षिक मेला शैक्षिक मेलाको आयोजना गरिएको हो ।’ पोखरेलले भने । 

काठमाडौंको दरवारमार्ग स्थित होटेल अन्नपूर्णमा नोवेम्बर २२ र २३ (मंसिर ६ र ७) मा मेगा अष्ट्रेलिया शैक्षिक मेलामा उत्कृष्ट कलेज र विश्वविद्यालय तथा कन्सल्ेटन्सीहरु गरि ३० वटा भन्दा बढी संस्थाहरु सहभागी हुनेछन् । 

मेगा अष्ट्रेलिया शैक्षिक मेलामा नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा बाट स्वीकृति प्राप्त शैक्षिक संस्थाहरुको सहभागिता रहने बताइएको छ । मेलामा विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट छात्रबृत्ति सम्बन्धी जानकारी, IELTS मा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउसिल्लिङलाई प्रमुखताका साथ जानकारी गराइनेछ । 

सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको शैक्षिक मेलामा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्नेछन् । 

शैक्षिक मेलामा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएनेछ । शैक्षिक मेलामा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन्। 

शैक्षिक मेलाको इन एशोसिएशन विथमा लिंन्कन एजुकेशनल रहेको छ । भने, मेन स्पोन्सरमा एजुकेशन पार्क, पावर्ड बाइ मर्सी एजुकेशन, सपोर्टेड बाइ अस स्टडिज, प्लाटीनम स्पोन्सर काठमाडौं इन्फोसिस एजुकेशन रहेका छन् । यसैगरी डाइमन्ड स्पोन्सरमा स्टडी वल्र्ड, गोल्ड स्पोन्सर इम्पल्स इन्टरनेसनल ईन्स्टिच्युट, सिल्भर स्पोन्सर डाइनामिक युनिभर्स, ब्रन्ज इस्पोन्सर ओली एण्ड एसोसिएट्स छन् । 

शैक्षिक मेलाको स्पोन्सर्सहरुमा इस्काई एजुकेशन, मोडेल ग्लोबल, द–नेक्स्ट, इ–प्लानेट एजुकेशन, ए.आइ.पी एजुकेशन कन्सल्टेन्सी, मेट्स एजुकेसन, सेनेका एजुकेशन, ग्लोबल एजुकेशन काउन्सेलिङ सेन्टर, हब इन्टरनेशल, प्रान्जल एजुकेशन, पाथ फाइन्डर इन्टरनेशनल एजुकेशन र नोवेल एजुकेशन रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *