राजधानीमा चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला सुरू (फाेटाे फिचर सहित)

मंसिर ६, काठमाडौं । आजबाट राजधानीमा चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला सुरू भएकाे छ । वानअप प्रा. लि.काे अायाेजनामा सुरू भएकाे दुई दिने मेगा अष्ट्रेलिया एजुकेशन फेयरमा विद्यार्थीले अष्ट्रेलियन शिक्षाका विविध विषयमा जानकारी पाउन सक्नेछन् । 

राजधानीकाे दरवार मार्ग स्थित हाेटल अन्नपूर्णमा भर्इरहेकाे मेगा अष्ट्रेलिया एजुकेशन फेयरमा कक्षा १२ पास गरेका ब्याचलर तथा माष्टर्स गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई एकै छानामुनी विभिन्न कन्सल्टेन्सी र अष्ट्रेलियाकै प्रतिष्ठित कलेजहरुको सहभागितामा शैक्षिक परामर्श दिइने ब्यवस्था गरिएकाे छ । 

 

null

मेगा अष्ट्रेलिया एजुकेशन फेयरमा राजधानीका तीस भन्दा बढि प्रतिष्ठित र नेपाल सरकार बाट मान्यता प्राप्त कन्सल्टेन्सीहरूकाे सहभागिता रहेकाे अायाेजक वान अपका इभेन्ट मेनेजर भाेला पाेखरेलले बताए । 

मेगा अष्ट्रेलिया एजुकेशन फेयरमा शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा बाट स्वीकृति प्राप्त शैक्षिक संस्थाहरुको सहभागिता रहेकाे छ । फेयरमा विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट छात्रबृत्ति सम्बन्धी जानकारी, IELTS मा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउसिल्लिङलाई प्रमुखताका साथ जानकारी गराइनेछ । 

मेगा अष्ट्रेलिया एजुकेशन फेयरमा सहभागी हुन बुटबल देखि अाएका स्टडी वर्ल्डका डाइरेक्टर देव कुँवरले मेगा फेयर विद्यार्थीले एकै छानामुनी दर्जनाैं कन्सल्टेन्सी र अष्ट्रेलियाका कलेजका बारेमा जानकारी पाउने भएकाेले फाइदाजनक हुने बताए । 

सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको शैक्षिक मेलामा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा बिस्तृत रुपमा जानकारी पाउन सक्नेछन् । 

शैक्षिक मेलामा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिइनेछ । 

शैक्षिक मेलाको इन एशोसिएशन विथमा लिंन्कन एजुकेशनल रहेको छ । भने, मेन स्पोन्सरमा एजुकेशन पार्क, पावर्ड बाइ मर्सी एजुकेशन, सपोर्टेड बाइ अस स्टडिज, प्लाटीनम स्पोन्सर काठमाडौं इन्फोसिस एजुकेशन रहेका छन् । यसैगरी डाइमन्ड स्पोन्सरमा स्टडी वल्र्ड, गोल्ड स्पोन्सर इम्पल्स इन्टरनेसनल ईन्स्टिच्युट, सिल्भर स्पोन्सर डाइनामिक युनिभर्स, ब्रन्ज इस्पोन्सर ओली एण्ड एसोसिएट्स छन् । 

 

शैक्षिक मेलाको स्पोन्सर्सहरुमा स्काई एजुकेशन, मोडेल ग्लोबल, द–नेक्स्ट, इ–प्लानेट एजुकेशन, ए.आइ.पी एजुकेशन कन्सल्टेन्सी, मेट्स एजुकेसन, सेनेका एजुकेशन, ग्लोबल एजुकेशन काउन्सेलिङ सेन्टर, हब इन्टरनेशल, प्रान्जल एजुकेशन, पाथ फाइन्डर इन्टरनेशनल एजुकेशन र नोवेल एजुकेशन रहेका छन् । फेयरमा अाउने विद्यार्थीलार्इ विविन्न गिफ्ट ह्याम्परकाे समेत ब्यवस्था गरिएकाे छ । 

थप फाेटाे  फिचरहरू 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *