प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, परामर्शपछि घर पठाउने तयारी
२०७५ कार्तिक १५ गते

कात्तिक १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा टोलीका संयोजक प्रा डा अरुण सायमीले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ओलीलाई थप अध्ययन र परामर्शपछि घर फिर्ता गराइनेछ ।
null
२०७५ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








