कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थी आन्दोलित

कात्तिक २५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानले कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका छन् । 

आइतबार बिहान महाराजगञ्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा भेला भएका विद्यार्थीहरुले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढङ्गले गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

चिकित्सा शास्त्र अध्ययन संस्थानले मेरिटको आधारमा चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्नुपर्नेमा आर्थिक चलखेलको आधारमा कोटा निर्धारण गरेको भन्दै विद्यार्थीहरुले आईतबारबाट विरोध प्रर्दशन सुरु गरेका हुन । 

null

मेरिटको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डीन कार्यालयले अन्याय गरेको विद्यार्थीहरुको आरोप छ । 

विद्यार्थीहरुले चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि सचेत गराएका थिए । तर, डीन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो छ । 

उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनि डीन कार्यालयलाई प्रश्न पनि गरेका छन् । 

चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्दा आफूखुसी गर्ने गरेको गुनासो हरेक वर्ष हुने गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *