आजपनि तनावग्रस्त दुहबी, शवसहित प्रर्दशन

मंसिर ६, विराटनगर । सुनसरीको दुहवी–९ छाताबेलीका फिदा हुसेनका हत्यारा पत्ता लगाउनु पर्ने मागसहित आन्दोलनमा उत्रिएका स्थानीयले दुहवीमा शवसहित प्रर्दशन गरेका छन् । 

उनीहरुले गृहमन्त्री रामबहादुर थापा घटनास्थल आउनुपर्ने अडान राखेका छन् । मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने उनीहरुको माग छ । 

शहिद घोषणा र सरकारी क्षतिपूर्ति भन्दापनि गोली हान्ने समूहको पहिचान गरी कारबाहीको दायरामा ल्याउन मुस्लिम खगुवाहरुले माग गरेका छन । मृतक हुसेनको शव हिजो मध्यान्हबाटै दुहवी स्थित डाँगा चौकमा राखिएको छ । 

null

 

टेण्ट गाडेर मृतकका परिवार सहित स्थानीयले शव सडकमै राखी प्रर्दशन जारी राखेका छन् । आज मध्यान्ह सम्मपनि आफुहरुको माग सुनुवाई नभए आन्दोलनलाई शसक्त बनाउने मुस्लिम समूदायले चेतावनी दिएको छ । 

 

हुसेन हत्याको विरोधको प्रभाव सुनसरीको दुहवी सहित भमरी, औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको छ । दुहवी सडक अवरुद्ध हुँदा सो सडक खण्ड भएर गुड्ने सवारीका साधन ठप्प भएका छन् भने दुहवीका उद्योग कल कारखाना, शिक्षणसंस्था र बजार पूर्ण रुपमा बन्द छन् । 

 

बन्दका कारण कोशी राजमार्गमा चल्ने सवारीका साधनहरु वैकल्पिक सडकबाट चलिरहेका छन् । बन्दले जनजीवन प्रभावित पारेको छ । सुनसरी प्रहरीले भने हत्याराको खोजी भइरहेको बताएको छ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *