सामुदायिक लघुवित्तमा कती पर्यो आवेदन ?

मंसिर ७, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ खरीदका लागि ५ गते अन्तिम दिनसम्म २ लाख ६१ हजार ३ सय ५१ जनाले आवेदन दिएका छन् । आवेदकबाट १ करोड ७० लाख ४ हजार ४ सय कित्ताका लागि आवेदन परेको सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । 

सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (मङ्सिर २देखि मंसिर ५ गते) सम्म निष्कासन तथा विक्री खुला भएको थियो । 

कम्पनीले रू. १ सय अङ्कित दरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

null

कम्पनीको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ करोड ७९ लाख ४३ हजार रुपैयाँ छ । सामुदायिकले मंसिर २ गतेदेखि ३ लाख कित्ता आइपीओ खुला गर्दैछ । यसमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ । 

सामुदायिकले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ । यसको खराब कर्जा १.२३५ रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *