काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार, यी विषयमा हुँदैछ छलफल

मंसिर ७, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । 

मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमितिको बैठक तयारीबारे छलफलका लागि आगामी मंसिर ९ गते केन्द्रिय कार्यसमितिको बैठक बस्न लागेको हो । 

महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले जानकारी दिए । 

null

यसअघि महासमिति बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो । 

बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । 

बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *