२४ घण्टाभित्र वाइडबडी जहाजको कागजात उपलब्ध गराउन पर्यटनमन्त्रीको निर्देशन

मंसिर ७, काठमाडौँ । नेपाल वायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन नमिचेको दाबी गरेका छन् । 

शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले वाइडबडी विमान खरिदका विषयमा उठाएका प्रश्नहरुलाई स्पष्ट पार्दै उनले सार्वजनिक खरिद ऐन प्रक्रिया नमिचेको दाबी गरेका हुन् । 

विमान खरिद गर्नुपुर्व व्यापारिक योजना तयार पारेर विमान खरिद गरिएको स्पष्ट पार्दै सुगतरत्नले भने, ‘व्यापारिक योजना तयार नगरी त १९ सिटे विमान पनि किन्न सकिँदैन । व्यापारिक योजना बनाएर नै खरिद गरिएको हो ।’ 

null

कंसकारले समितिलाई केही दिन भित्रै सम्पूर्ण कागजात उपलब्ध गराउने आश्वासन दिए । 

पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिद प्रक्रियाको सम्पूर्ण कागजात २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएपछि उनले उपलब्ध गराउने आश्वासन दिएका हुन् । 

सांसद भीम रावलले जहाज खरिद गरिएको हो कि भाडामा लिइएको हो भनी प्रश्न गरेका थिए। 

उक्त प्रश्नको उत्तरमा पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले एयर बस जहाजको स्वमित्व सरकारसँगै भएको बताए। उनले डेढ वर्षको वारेन्टीसमेत रहेको जानकारी दिएका छन्। 

त्यस्तै महानिर्देशक कंसाकारले भर्खरै सार्वजनिक भएको श्वेत पत्रका विषयमा पनि आफू सन्तुष्ट नभएको बताए । ‘हुन त हामीले सल्लाह गरेर नै श्वेत पत्र ल्याएका हौं तर, अहिले पछुतो भइरहेको छ’ उनले भने । गत वर्षमा ३६ करोड मूनाफा कमाएको उनले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *