वैदेशिक रोजगार विभागबाट पक्राउ परे तीन बिचौलिया
२०७५ मंसिर ६ गते

मंसिर ६, काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार विभागबाट तीन जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । काठमाडौँको ताहचल स्थित श्रम तथा वैदेशिक रोजगार विभागबाट ३ जना विचौलियाहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौं कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङका सुजन लामा र सोल्टीमोड बस्ने सर्लाही लालबन्दीका निर्मल तामाङ रहेका छन् ।
श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रलोभनमा पारी दुःख दिने गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
null
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
२०७५ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








