पारदर्शिताका लागि पहरेदारी

मंसिर ९, दुहबी । दुहबीमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको क्याम्पेन फर ट्रान्सपेरेन्सी दुहबी समिति गठन भएको छ । 

१८ सदस्य समितिको संयोजकमा अब्दुल अजिज रहेका छन । शनिबार उपस्थित भेलाले रूद्रनारायण चौधरी, मुरलीप्रसाद अग्रहरि, सन्तु थापा, रेखा देवी साह, पल्टन भट्टाचार्य, त्रिलोकीप्रसाद साह, जिबन थापा, उद्धव पौडेल, सेराजुल हक, सुमेश साह, अमित साह, मोहमद नइम, भुनेश्वर चौधरी, बलभद्र हलुवाइ,पंकज साहलाई सदस्य छानेका छन । 

सो संस्थाका सल्लाहकारमा शंकर थापा र ओमप्रकाश रौनियार रहेका छन । सो अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका केन्द्रिय कार्य समिति सदस्य सीताराम अग्रहरिले पारदर्शिताले नै विकासको अधिकतम प्रतिफल आम नागरिकले पाउन सक्छन, हामी कसै बिरुद्ध पूर्वाग्राही हुने छैनौ तर विकास खाने प्रवृति बिरुद्ध भने तिन नको नीति (निष्पक्ष, निस्वार्थ र निर्भीक) भएर लाग्नुपर्छ भनी आव्हान गरे। 

null

ट्रान्सपेरेन्सी इन्टरनेशनल, नेपालका केन्द्रीय सदस्य सीताराम अग्रहरिको उपस्थितिमा नवगठित क्याम्पेन फर ट्रान्सपेरेन्सी, दुहबीका पदाधिकारीहरु आइतवार सरस्वती मा.बि. दुहबीका प्रधानाध्यापक नगेन्द्रलाल देवसँग अन्तरक्रिया गरेका छन । 

पारदर्शी विकासका लागि पहरेदारी गर्ने उदेश्य राखी हिजो भ्रष्टाचार बिरुद्ध दुहबी नगरक्षेत्रमा क्याम्पेन फर ट्रान्सपरेन्सी संस्था गठन भएको थियो । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा भ्रष्टाचार झन बढेको पाइएको छ । 

भ्रष्टाचार भयानक र घातक रोग हो । यसले समाजका बिभिन्न क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको छ । भ्रष्टाचार भनेको भ्रष्ट आचरण हो । यस अन्तर्गत सदाचारको पतन, नैतिक पतन, अधिकार दुरुप्रयोग तथा पदीय दायित्व, कत्र्तव्य, आदर्श, जवाफदेहिता र उत्तरदायित्वको कमी, आर्थिक लेनदेन र घूसजस्ता पक्षहरू बुझिन्छ । 

यसले पारेको असरबारे लोकतान्त्रिक नेपालमा जनचासो बढदै गएको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालको प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचारको ठूलो सञ्जाल रहेको देखाइरहेको छ । सो प्रतिबेदनमा नेपाल सदाचारको मामिलामा सबैभन्दा पछाडि पर्ने मुलुकहरूभित्र पर्छ । 

भ्रष्टाचारको निदान सहज छैन तर यसलाई रहिरहन दियौं भने यसको व्यापक फैलावटले मानविय नातामा सबैभन्दा पहिले कुठाराघात गर्छ । त्यसपछि सिङ्गो देशमा नै शान्ति रहन दिंदैन । कुनै पनि एक पक्षको प्रयासले प्रतिदिन मौलाउँदै गएको भ्रष्टाचारको नियन्त्रण सम्भव पनि छैन । 

सरकारी र गैरसरकारी संघ–संस्था तथा नागरिक समाजको साँझा प्रयास एवं आपसी सहकार्यबाट मात्र भ्रष्टाचार न्यून गर्न सकिन्छ । अर्को अर्थमा भ्रष्टाचार तथा आर्थिक अनियमितता घटाउन सबै पक्षको सङ्गठित दबावको खाँचो छ । विद्यालय स्तरीय भ्रष्टाचार बिरोधी जन पैरवी एवं शिक्षणको खाँचो बढदै गएको छ । भनिन्छ रोग लागेपछि उपचार गर्नुभन्दा आजको आवश्यकता हो रोग लाग्न नै नदिनु । 

किनभने आजको बाल मस्तिष्कको विकासले नै भोलिको राष्ट्र निर्माण हुने हो । त्यसैले आजको बाल मस्तिष्कमा भ्रष्टाचार बिरुद्ध र सदाचारका पक्षमा ज्ञान, सीप र धारणा स्पष्ट पार्न सके मात्र भोलि स्वच्छ नेपाल सम्भव हुन्छ । त्यसैले विद्यार्थीहरूबीच यस विषयमा गम्भीर छलफलको खाँचो छ । 

यो छलफल दुई स्तरमा गर्न सकिन्छ । एउटा सामाजिक शिक्षा शिक्षण गराउँदा र दोस्रो बिद्यालयस्तरीय अतिरिक्त क्रियाकलापको माध्यमबाट । बिद्यार्थीहरूबीच समयको भ्रष्टाचार, सेवाको भ्रष्टाचार, नियमको उल्लङ्घन जन्य अनियमितताका कारण हुने भ्रष्टाचार समेतको चर्चाले उनीहरूको दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ । भ्रष्टाचार आर्थिक मात्र हुँदैन यसको नैतिक पक्ष पनि विद्यार्थी माँझ प्रस्ट्याउनुपर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *