कैलालीको घोडाघोडी क्षेत्रमा घट्न थाल्यो पर्यटकको संख्या

मंसिर १०, सुखड । कैलालीको घोडाघोडी पर्यटकीय क्षेत्रमा आउने पर्यटकको संख्यामा कमी आउन थालेको छ ।
लामो समय देखी संरक्षकको रुपमा काम गरिरहेका दिपक शाहका अनुसार गत वर्षको यो महिना भन्दा यो वर्षको हाल सम्म ५ प्रतिशतले पर्यटकको संख्यामा कमी आएको छ । यो क्षेत्रमा पर्यटकहरुले लामो समय बिताउन सक्ने वातावरणको अभाव, भौतिक संरचना, अशुरक्षा, तालको सरसफाई नहुनु, सडक ब्यवस्थापनको समस्या जस्ता कारणले पर्यटकहरुको संख्या घटन थालेको पाईएको छ ।
यस क्षेत्रमा आउने पर्यटकहरुबाट बिभिन्न सुझावहरु लिखित रुपमै संकलन गर्ने गरेको र अधिकांशले ताल सरसफाईको सुझाब दिएको उनले बताए । आफुले संरक्षणका लागी काम गर्दै गर्दा बिभिन्न टयापे मुन्द्रेहरुको समस्या प्रमुख रुपमा खेप्नु परिरहेको उनको भनाई छ ।
null
ताल क्षेत्र भित्र जाँदा टिकट नलिने, जथाभावी गाली गर्ने तथा हातपात गर्ने सम्मको व्यवहार गर्ने गरेका छन । उनले भने, चोरी, लुटपाट, कुटपिट, सडक व्यवस्थापन जस्ता समस्या जटील रुपमा देखा परेता पनी सुरक्षा निकाय तथा नेतृत्व पंक्तिबाट कुनै चासो देखिएको छैन ।
सडक व्यवस्थापनको अभावमा सडकमै गाडी पार्किङ गरेर मन्दिर दर्शन गर्ने तथा दृश्य अवलोकन गर्ने परिपाटीले सडक दुर्घटनाको जोखिम समेत बढाएको छ ।








