कम्बोडियासँग हवाई सम्झौता

काठमाडौं। सातामा १४ वटासम्म उडान गर्न पाउने गरी नेपाल र कम्बोडियाबीच हवाई सम्झौता हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक दुई देशबीच हुन लागेको हवाई सम्झौताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। 

मन्त्रालयका सह–सचिव सुरेश आर्चायले कम्बोडियाका प्रधानमन्त्री साम्देच अक्का मोहा सेना पादेइ देचो हुन सेन (छोटकरीमा हुन सेन)को नेपाल भ्रमणको समयमा दुई देशबीच पहिलो पटक हवाई सम्झौताको तयारी भएको बताए। मन्त्रालयले कम्बोडियासँग हवाईसहित कार्गो उडानमा समेत सम्झौता गर्न लागेको आचार्यले बताए। 

सम्झौतामा नेपालको तर्फबाट न्युनतम सातामा ७ वटा र बढीमा १४ वटासम्म उडान गर्न पाउने गरी हवाई सम्झौताको तयारी भएको उनको भनाइ छ। मन्त्रालयले निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत उडान गर्न पाउने गरी सम्झौताको तयारी गरेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *