‘गैससकर्मीहरुले डलरको होइन, विकासको खेती गरे’

नारायणगढ, मंसिर २ । गैरसरकारी संस्थामा लागेका अगुवाहरुले गैससकर्मीबाट विकासको खेती भइरहेको बताएका छन् । उनीहरुले डलरको खेती गरेको भन्ने आरोपको खण्डन गर्दै सरकार नपुगेको ठाउँमा विकास गरेको बताए । 

गैसस महासंघ चितवनको नवौँ अधिवेशनको उद्घाटन कार्यक्रममा गैरसरकारी संस्थामा लागेका अगुवाहरुले देश विकासमा गैससकर्मीहरुको ठूलो भूमिका रहेको बताए । गैसस महासंघ ३ नं प्रदेशका केन्द्रीय प्रतिनिधि दामोदर अर्यालले नवौँ अधिवेशनको उद्घाटन गरेका थिए । 

अधिवेशनको उद्घाटन कार्यक्रममा उनले देश विकासमा गैससकर्मीहरुको भूमिका अतुलनीय रहेको बताए ।उनले भने, ‘सरकार पुग्न नसकेको ठाउँमा गैससकर्मीहरु पुगेर विकास गरिरहेका छन् ।’ उनले गैससकर्मीहरुले डलरको खेती होइन विकासको खेती गरेको बताए । 

null

कार्यक्रमकी बिशिष्ट अतिथि बिमला दुवाडीले गैससकर्मीहरुले देश विकासमा खेलेको भूमिका अझ फराकिलो हुनुपर्ने बताइन् । उनले भनिन्, ‘गैससकर्मीहरुलाई लाग्ने गरेको आरोप चिर्न जरूरी छ ।’यसैगरी, कार्यक्रममा गैससका अगुवा केदारनाथ खनाल, बद्री अधिकारी, खगराज ओझालगायतले गैससकर्मीहरुले देश विकासमा खेलेको भूमिका सराहनीय रहेको हुनाले सरकार गैससलाई अंकुश लगाउने ढंगले प्रस्तुत हुन नहुने बताएका छन् । 

यसैबिच, जिल्ला गैसस महासंघ चितवनको नवौँ अधिवेशनले सुरेशकुमार अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पद्मा श्रेष्ठ, सचिवमा सहदेव लकान्द्री, सहसचिवमा पार्वती घिमिरे, कोषाध्यक्षमा निराजन गौली रहेका छन् । 

यसैगरी, सदस्यहरुमा प्रदीप अधिकारी, उर्मिला पाण्डे, रामहरि सेढाईं, रामचन्द्र आचार्य, गीता राई, मीनराज भण्डारी निर्विरोध निर्वा्चित भएका छन् । मनोनीत सदस्यमा कमलराज खनाल र चन्द्राकुमारी चौधरी चयन भएका छन् । 

अध्यक्षमा निर्विरोध निर्वाचित अधिकारी यसअघि गैसस महासंघको दुईपटक अध्यक्ष भइसकेका थिए । कार्यक्रममा सचिव कमलराज खनालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष निराजन गौलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेका प्रतिवेदन संशोधनसहित पारित भएको महासंघका निवर्तमान अध्यक्ष खगराज ओझाले जानकारी दिए । 

यसैगरी, गैसस महासंघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा बद्री अधिकारी, शान्ति अधिकारी, केशवप्रसाद रेग्मी, खगराज ओझा र केशव आचार्य रहेका छन् । निर्वा्चित भएपछि अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा सबैको सहयोग लिएर अघि बढ्ने बताए । 

उनले भने, ‘कार्ययोजना बनाएर अघि बढ्छु, अभिलेख राख्ने गरी काम गर्छु ।’ उनले महासंघको गतिविधिको बुलेटिन निकाल्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *