गुन्डा नाइके समिरमानकी श्रीमती माया पक्राउ

कात्तिक १८, काठमाडौँ । शरद गौचन हत्या प्रकरण अन्तर्गतका मुख्य नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेयरचन पक्राउ परेकी छिन् । 

शरद गौचनको हत्याकाण्डमा उनको पनि संलग्नता देखिएको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले समिरमानकी श्रमती मायालाई पक्राउ गरको हो । उनलाई स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

यसअघि समिरलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् । 

null

समिरका ३ जना सुटर पक्राउ परेसँगै घटनामा मायाको संलग्नता पनि सार्वजनिक भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *