नेपाली अमेरिकन मैत्री सङ्घ (नाफा) साहित्य साँझ २०७५ भब्यरुपमा सम्पन्न


म्याडिसन, अमेरिका, मंसिर ४ । संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यको हिउँको दोलैं ओढेकी म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री सङ्घ (नाफा) को आयोजनामा १०९औं लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् कविता प्रतियोगिता कार्यक्रम “नाफा साहित्य साँझ २०७५ शनिबारका दिन भव्यरुपमा सम्पन्न भएको छ ।
बरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंको बिशिष्ट आतिथ्यमा कार्यक्रम अगाडी बढेको थियो । दिउँसो दुई बजेबाट सुरु भएको कार्यक्रम साँझ ७ः३० समापन भएको थियो
null
कार्यक्रममा लगभव १०० जना भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो । प्रतियोगी तथा अप्रतियोगी गरी लगभग ३५ वटा कविता वाचन गरिएको यो कार्यक्रममा नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।
स्वर्गिय साहित्यकार बिजय मल्लका सुपुत्रीहरुबाट प्रायोजित ’बिजय मल्ल साहित्य पुरस्कार’ कबिता प्रतियोगिता अन्तर्गत एक बहादुर क्षेत्री, मित्र पौडेल, अर्चना धाख्वा, बिन्दु तिमील्सिना, अर्जुनध्वज खड्का, नारायणदास मल्ल, अप्सरा गिरी भारती, कल्पना रिजाल, अविमन पसछें, प्रदीप केसी, रोशा पोखरेल, सुष्मा श्रेष्ठ, लेखनाथ काफ्ले, गङ्गा मल्ल श्रेष्ठ, विश्वजीत अधिकारीका १५ कविताहरु रहेको थियो ।
स्वर्गिय कृष्णदास मल्लको परिवारबाट प्रायोजित ’नाफा बाल साहित्य पुरस्कार’ कविता प्रतियोगिता अन्तर्गत काव्या लामिछाने, सान्वी पाण्डे ,जुना रिजाल, आन्या पाण्डे, ओपल शर्मा, आशुतोष अधिकारी, खुशी श्रेष्ठ, आर्यमन पसछें , अनित्या द्वा, अरिना उप्रेती, बेलिस्मा श्रेष्ठ, युजेन थापा, सुहानी पाण्डे, ओजश्वी पसछें र ईसीता लुइँटेलका १५ कविताहरु वाचन गरेका थिए भने बाँकी अप्रतियोगी कविताहरु सम्मेलित थिए ।
‘नाफा बाल साहित्य पुरस्कार’ १६ बर्षभन्दा साना बालबालिकाहरु बिच गराईने कविता प्रतियोगिता हो । आविष्कार भारतीको संयोजकत्वमा चलेको ’नाफा साहित्य साँझ २०७५’ कार्यक्रममा ’नाफा बाल साहित्य पुरस्कार’लाई निकिता पाण्डेले समन्वय तथा अर्हत द्वाले सञ्चालन गरेका थिए भने ’बिजय मल्ल साहित्य पुरस्कार’ स्वयम् आविष्कार भारतीले समान्वय–सञ्चालन गरेका थिए ।
‘नाफा बाल साहित्य पुरस्कार’ मा प्रथम एरिना उप्रेती, दोस्रो खुशी श्रेष्ठ र तेस्रो जुना रिजा भएका थिए । उनीहरुले नगद अमेरिकी डलर ७५, ५० र ३० पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए । “बिजय मल्ल साहित्य पुरस्कार“ तर्फ गंगा मल्ल श्रेष्ठ प्रथम, अप्सरा गिरी भारती दोश्रो र विश्वजित अधिकारी तेश्रो हुँदै नगद १५०, १०० र ७५ अमेरिकी डलर क्रमशस् पुरस्कार प्राप्त गरेका थिए ।
अप्रतियोगी कविता अन्तर्गत राजेन्द्र अर्याल, बैंकटेशदास शर्मा, पूर्ण श्रेष्ठ, युवराज तिमल्सिनालगायतले पनि कविता वाचन गरेका थिए । नाफाद्वारा सञ्चालित नेपाली भाषा सिकाउने थलो ‘कक्षा’ का गुरुजन र स–साना भाइ–बहिनीले आफ्न बुवा–आमाका लागि “तिम्रो लागि सारा संसार’ गीतको प्रस्तुतीबाट कार्यक्रममा मिठास थपिएको थियो ।
यस कार्यक्रममा युवावर्गलाई प्रोत्साहन गर्न नेपाली अमेरिकन मैत्री सङ्घ र रिन्युएबल एनर्जी रुप, म्याडिसनले रिभा श्रेष्ठ अनी निऋती अधिकारीलाई छात्रवृक्ती स्वरुप प्रती व्यक्ती ५०० डलर र प्रमाण–पत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको अर्को आकर्षण डाएस्पोरिक युवा साहित्यकार सन्तोष लामिछानेको दोश्रो कृति र पहिलो उपन्यास ‘अल्टिमेट आकाश’ को बिमोचन रहेको थियो । विशिष्ट अतिथी साहित्यकार कृष्ण बजगाईंले कृतिको समिक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा “अल्टिमेट आकाश“ले एउटा राम्रो फड्को मार्ने धारणा व्यक्त गर्नुको साथै यस उपन्यासको कथा निकै भिन्न र रोचक्ताले भरिपूर्ण रहेको बताए । उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृतिका तितामिठा कुरा कोट्याउँदै, कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो मनसाय अगाडि पस्केका थिए ।
बरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महतले दूरदेशमा उत्साहित नेपाली साहित्य, कलाप्रेमी समूह देखेर आफू परदेशको एउटा कुनामा सानो नेपाल भेट्टाएको झैँ आभास भएको बताए । देशबाट टाढा भएपनी देशकै तर्कनामा रहेर नेपाली भाषा र सँस्कृती उकास्न र नयाँ पिढ़ीलाई सिकाउन लागि परेका नेपाली जमात देखेर आफूलाई हर्ष लागेको बताउँदै आफ्ना केही चर्चित गीतमा सम्पूर्ण सहभागीहरुलाई छम्छमी नचाएका थिए ।
नेपाली भाषा, साहित्य र सँस्कृतीको सम्वर्धन गरेबापत दिने “सगरमाथा प्रज्ञा पुरस्कार २०७५ बाट सम्मानित साहित्यकार दिनार ‘रनादी’ ले नाफाको साहित्य कार्यक्रमको ईतिहासमाथी प्रकाश पार्नुका साथै अबका दिनमा अझँै परिष्कृतढङ्गले अगाडी बढ्ने प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा पर्वत रेग्मीलाई “नाफा विशिष्ट युवा स्वमसेवक पुरस्कार –२०७५” प्रदान गरिएको थियो । बिशिष्ट अतिथी साहित्यकार गोवर्धन पूजाले महाकवि देवकोटा र कथाकार विजय मल्लको साहित्यिक योगदान माथी चर्चा गर्दै प्रतिभा, ब्युत्पति र अभ्यासले सिर्जनात्मक लेखनमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो रहने बताए ।
उनले नेपाली साहित्यको सानो भकारी, आविष्कार भारतीद्वारा सञ्चालित, “साहित्य सङ्ग्रह डट कम“ नेपाली साहित्य सिक्नेहरुकालागी एउटा कोशे ढुङ्गो हुने कुरो पनि बताए । उनले बिमोचित उपन्यासका उपन्यासकार सन्तोष लामिछानेलाई बधाई दिँदै बिदेशमा व्यस्त कर्मभूमीमा पनि उपन्यास जस्तो बृहत आयतनको बिधामा कलम चलाउने लामिछानेको सबैले मुक्त कण्ठले प्रसंशा गर्नु पर्ने बताए ।
