पन्ध्र बर्ष पहिला बुवाले छोडे, गम्भीर रोग लागेपछि उपचार गराउन आर्थिक अभाव

मंसिर १४ धरान,सुनसरी । बुवाको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने उखान त चरीचार्थ नै छ । तर बुवाकै मन छोराछोरी माथि नै नभई ढुङ्गामुढामाथि भएको भने त्यो घर परिवारको हालत के होला भन्ने हामी सहजै अनुमान लगाउन सक्छौ ? 

कुरा कुनै दुर दराज गाउँबस्तीको नभई सुनसरीकै एक नगरपालिका भित्रको हो । करिब १५ बर्ष अघि सुनसरी बराहक्षेत्र नगरपालिका भरौल कालाबञ्जरका धनबहादुर कटुवाल कान्छी श्रमिती लिएर झापा बस्न थालेपछि एक बेसहारा आमा छोरीको बिचल्ली भएको छ । कटुवालले जेठी श्रीमती चिन कुमारी कटुवाल (खिनमाया) र एक छोरी पुर्णमाया कटुवाललाई छोडेर कान्छी श्रीमती सँगै झापा बस्न थालेपछि यी दुबै आमा छोरीको बिचल्ली भएको हो । सामान्य परिवारका ती कटुवाल परिवार १५ बर्ष अघि राम्रा थिए पछि आफना परिवारका एकमात्र छोरीलाई पोर्टल हाईपोटेन्सल (नसा फुटेर ब्लड उल्टीहुने र पेटमा पानी जम्ने) नामक रोग लागेपछि आर्थिक अभावमा छोरीको उपचार गराउन समेत सक्ने अवस्था रहेन र पछि आमा र छोरी दुबैलाई छोडेर धनबहादुर कटुवाल भागे उपचारको क्रममा विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मेडिसिन बिभागको युनिट १ को बेड नं ९ को कुरुवाको रुपमा भेटिनुभएकी चिन कुमारी (खिनमाया) कटुवालले बताईन । 

उनकी ३८ बर्षीय अबिवाहित छोरीलाई २ बर्ष अघिमात्रै गम्भिर प्रकृतिको पोर्टल हाईपोटेन्सल रोग लागेको उनको उपचारमा संलग्न डा. रिचा नेपालले जानकारी दिए । आर्थिक अभाववको कारण अस्पताल लगेर उपचार गराउन नसेक्ने अवस्था आएको छ हस्पिटलको तर्फबाट सबैकुरा निःशुल्क मिलाईलिएको छ तर उपचारमा मंहगो औषधी लाग्छ त्यो समेत किन्ने पैसा उनीहरुसँग छैन यसमा सबैले उहाँलाई सहयोग गर्नुपर्यो मकालु खबरसँग डा. नेपालले भनिन् । आर्थिक अभावका कारणले उनलाई उपचारका लागी अस्पताल लैजान आफुसँग भएको करिब २ लाख दिईसकेको खिनमायाको पर्नै ज्वाई भुपध्वज बुढाथोकीले बताए । खिनमायाले आफनो आयआर्जनको स्रोत केही नभएकाले उपचार खर्च जुटाएर गाह्रो भएकोले सबैसँग सहयोगको याचना समेत गरेकी छिन । स्थानियका अनुसार उनी सिकिस्त भइसकेपछि मात्रै उपचारको लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएको थियो । 

null

अवस्था बिग्रिदै गएको र मंहगो उपचार गर्न नसकेको उनका ज्वाई बुढाथोकीले बताए । बुढाथोकीका अनुसार हाल सम्ममा बिरामी पुर्णमाया कटुवालको उपचारका लागी बिभिन्न समयमा गरी औषधी खर्र्च मात्रै २ लाख सकिसकेको र धरानको घोपा मेडिकलमा समेत करिब ५० हजारको हारहारीमा औषधी खर्च तिर्नुपर्नैछ भने डाक्टर नेपालका अनुसार कटुवालको उपचारमा करिब ३ लाख रुपैया अझैँ लाग्नेछ । एक छोरी मात्र भएकी खिनमायालाई श्रीमानले छोडेर गएपछि घरमा खान समेत समस्या भएको छ भने उनले सबैमा आर्थिक सहयोगको याचना समेत गरेकी छिन । उनलाई सहयोग गर्नका लागी चिन कुमारी कटुवालको नाममा बाणिज्य बैंकको ईनरुवा शाखामा रहेको खाता नं २२२००५१०७९१० मा सहयोग गरिदिन तथा उनको मोवाईल ९८११०११५१३ मा सम्पर्क गरिदिनुहुन आग्रह पनि गरेकी छिन । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *