धनकुटामा जीप दुर्घटना, एकजनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–२ भीरगाउँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । दुर्घटना हुदाँ चालक धनकुटा नगरपालिका–२ भीरगाउँका ४२ वर्षीय प्रेम तामाङको घटनास्थलमा नै ज्यान गएको हो। 

धनकुटा नगरपालिका–१ हिलेबजारबाट भीरगाउँतर्फ जादै गरेको को १ ज १६५४ नम्बरको तरकारी बोक्ने पिकअप जीप सडकबाट खसेको थियो। मृत्तक तामाङका ३९ वर्षीय भाइ फत्तेबहादुर तामाङ भने सामान्य घाइते भएका छन् । 

मृतकको शव पोष्टमार्टमको लागि धनकुटा अस्पताल लगिदैछ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *