एनआईसी एशिया बैंकको २ नयाँ शाखा सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा

मंसिर १०, काठमाडौँ । एनआईसी एशिया बैंकले २ नयाँ शाखा विस्तार गरेको छ । एनआईसी एशिया बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं.७ स्थित खाँडिचौर र पाँचखाल–४, समाजकल्याण चोकमा थप दुई नयाँ शाखा विस्तार गरेको हो । 

सोमबार एक भव्य समारोहकाबीच खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले उद्घाटन गरेका हुन् भने पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखाल शाखाको उद्घाटन गरे । 

 

null

हाल यस बैंकले मुलुकभर २६६ शाखा कार्यालयहरु, २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दैै आएको छ । 

बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *