डडेल्धुरा दुर्घटना अपडेटः ज्यान गुमाएका १८ जनाको सनाखत (नामावलीसहित)

मंसिर ७, डोटी । डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोला भन्ने ठाउँमा बिहीबार साँझ बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । मृतकमध्ये १४ जनाको सनाखत भएको छ । 

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा बिहीबार बेलुकी पौने ६ बजेतिर बस दुर्घटनामा परेको हो । 

डोटीको शिखर नगरपालिका १२ मा रहेको पिसजोन एकेडेमीको से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो । 

null

डोटीको दिपायल सिलगढी  नगरपालिका– ४ कि ३५ वर्षीया शशी विक डोटीको दिपायल सिलगढी–११ कि २५ वर्षीया गोपा भाट डोटीको दिपायल सिलगढी– ८ का ४० वर्षीय कैलाश रावल, योगेन्द्र रावल नवदुर्गा गाँउपालिका–३ का चक्र धामी, तीलक खाती, टेक धामी नवदुर्गा गाउँपालिका–४ की माया रावलडोटी शिखर नगरपालिका–१० का रोहित बलायर डोटी नगरपालिका–७ कि २२ वर्षीय योगेन्द्र बोहराडोटीको शिखर नगरपालिका–७ का शंकर जोरा, डोटीको शिखर नगरपालिका –८ की २२ वर्षीया शारदा रावत 

डोटी शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, सोही नगरपालिका–११ का २४ वर्षीय पदम विककैलालीको गोदावरी नगरपालिका–१० का २३ पुरन कठायत, २० वर्षीया शारदा कठायत 

कैलाली धनगढी उप–महानगरपालिका–२८ का नारायण चौधरीगोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कठायत को पनि सोही दुर्घटना परी ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । बाँकी ४ जनाको भने सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराले जानकारी दियो । 

दुर्घटनाका घाइते २७ मध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ७ जना कोहलपुर पठाइएको छ। अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाको कारण खुलेको छैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *