एसेवेन मार्फत नेपाली उपभोक्ताका ब्याट्री समस्या समाधान गर्दै ओपो

मंसिर ९, काठमाडौं । स्मार्टफोनको खरिद गर्दा तुलनात्मकरुपमा कम ध्यान दिइने फिचर मध्य एक हो, ब्याट्री । तर, यही ब्याट्री नेपाली उपभोक्ताका लागि भने निकै ठूलो समस्याका रुपमा रहेको छ । ब्यस्त जिबन र भागदौडका बिच फोनको चार्जका बारेमा चिन्ता लिनु बास्तवमै निकै तनाबिलो हुन्छ । अझ त्यस्तो बखतमा फोनको चार्जर वा पावर बैंक साथमा नहुँदा तनाव दोब्बर हुन्छ । यही समस्याको पहिचान गरी समाधानका रुपमा ओपोले शक्तिशाली ब्याट्री सहित ओपो एसेवेन सार्वजनिक गरेको छ । 

हाल ओपो एसेवेनका लागि हट सेल्स कयाम्पेन चलिइरहेको छ । ब्राण्ड फ्रेण्डका रुपमा नायिका स्वस्तिमा खड्काको साथमा नोवेम्बर १५मा फस्र्टसेल्स कार्यक्रमको आयोजना गर्दै ओपोले फोनको बिक्री आरम्भ गरेको थियो । 

शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य क्षमता, पृथक वाटरड्रप डिजाइन र एआई ईनेबल्ड क्यामेरा सहितको यो फोन मात्र रु. ३५ हजार ७ सय ९० मा उपलब्ध छ ।उद्योगकै पहिलो शक्तिशाली ब्याट्री र मितब्ययी मुल्यका साथ सार्बजनिक ए सिरिज आपोकै सर्वाधिक बिक्री हुने स्मार्टफोन मध्ये पर्छ । 

null

४२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडित ओपो एसेवेनमा रहेका एआई २.० सहितको १६ एमपी क्षमताको फ्रण्ट क्यामेरा र १३+२ एमपी क्षमताका रियर क्यामेराले वास्तवकि तथा प्राकृतिक देखिने तस्विर मार्फत नेपाली उपभोक्ताको मन जितिरहेको छ । 

ओपो एसेवेनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘ प्रयोगकर्ताहरुको ब्याट्री सम्बन्धि समग्र समस्याको समाधानार्थ नै हामीले ए–सिरिज अन्तर्गतका फोनहरु उपलब्ध गराउन थालेका हौँ । साथै, अत्याधुनिक फिचर्स तथा प्रविधि सुसज्जित फोन मितब्ययी मुल्यमा चलाउने युवाहरुको चाहानालाई सम्बोधन गर्नु हाम्रो अर्को मूल उद्देश्य हो ।’ 

ट्रावोले फोनमा रहेको शक्तिशाली ब्याट्रीको माध्यमबाट तिनले आफ्नो सक्रिय जीवनमा फोनको चार्जिङका कारण कुनै रुकावट तथा समस्याको सामना गर्न नपरोस् भन्ने कुरा तिर हामीले विशेष ध्यान दिएको बताउका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *