कर्नाटक बस दुर्घटना : २८ जनाकाे मृत्यु

भारत । कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् । 

दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सारर्वजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिकासमेत रहेका भारतीय प्रहरीले जानकारी दिएका छन् । 

प्रहरीले बसमा कति जना यात्रा गरिरहेका थिए भन्ने विषयमा केही बताएको छैन । तर दुर्घटना तीव्र गतिका बस कुदाउँदा गति नियन्त्रण हुन नसकेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । 

null

स्थानीय सञ्चारमाध्यमले भने बसमा ३५ जना यात्रा गरिरहेका बताएका छन् । घटनास्थलबाट विभिन्न टेलिभिजनले खिचेको दृष्यचित्रमा स्थानीयबासीले पानीमा डुबेको बसबाट मृत शरीर निकालिरहेका देखिएको छ । 

घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *