पदाधिकारी बन्धक बनाएकाे अाराेपमा प्रहरीले समात्याे ९ विद्यार्थी

मंसिर १, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ९ जना विद्यार्थीलार्इ पक्राउ गरेकाे छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको आरोपमा प्रहरीले ती ९ जना विद्यार्थीहरुलाई पक्राउ गरेको हाे । 

पक्राउ पर्नेहरुमा अनेरास्ववियुका विश्वविद्यालयका एकाइ अध्यक्ष हेमराज कठायत, भास्करसिंह ठकुरी, सन्तोष खतिवडा, केशवराज काफ्ले, अबित रेग्मी, झलक जोशी, दर्शन अधिकारी, बामदेव रेग्मी, सुमन पाण्डे रहेका छन् । 

विश्ववद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्धक बनाएकाले शुक्रबार साँझ ती विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । प्रहरीले बन्धक बनाइएका पदाधिकारीहरुलाई उद्धार गरेर उनीहरुकै सवारीसाधनमा घर पठाएको थियो । 

null

विद्यार्थीहरुले दिनभर धर्ना बसेर पदाधिकारीका गाडीसमेत चलाउन दिएका थिएनन् । सो क्रममा प्रहरी र विद्यार्थीहरुबीच झडपसमेत भएको थियो । विद्यार्थीहरुले विश्वविद्यालयमा तालासमेत लगाएका थिए । उक्त ताला बिहीबार बिहान प्रहरीले फोडेको थियो । 

विश्वविद्यालयले सम्बन्धन दिएका निजी क्याम्पससहितले भर्ना खोलेपछि विद्यार्थी र प्राध्यापक आन्दोलित हुँदै आएका छन् ।विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरू अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी अान्दाेलित हुँदै अार्इरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *