फनपार्क विवादः मालपोतद्धारा भूल स्विकार

मंसिर ९, धरान । धरानस्थित डिपोट उच्च माविको जग्गामा फनपार्क निर्माण गर्न लागिएको विषयमा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धरानका शिक्षक, कर्मचारी र विद्यार्थीले विरोध गरेपछि मालपोत कार्यालयले भूल स्विकार गरेको छ । 

डिपोट उच्च मा.वि.ले आफूले विद्यालय प्रयोजनका लागि भोगाधिकार पाएको ३ विघा जग्गालाई फनपार्क निर्माण गर्न ३० वर्षको लिजमा इजिराइडर विजनेस ग्रुपलाई दिएपछि सर्वत्र विरोध भएको थियो । 

वी.पी. कोइराला स्वाास्थ्य विज्ञान प्रतिष्ठान, धरानका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले गठन गरेको वी.पी.के.आइ.एच.एस डिपोट बचाऔं संघर्ष समितिका संयोजक डा. विष्णु पोखरेल, सदस्य–सचिव सुजेन्द्र तामाङ, सदस्यहरु डा. राजु रिजाल, डा. अभिषेक अमर र निलकुमारी गिरी थापा लगायतको टोली मालपोत कार्यालय धरानमा गएर सोधपुछ गरेपछि कमजोरी बाहिरिएको हो । 

null

विद्यालय प्रयोजनका लागि मात्र भोगाधिकार पाएको जग्गा लिखत करारनामामा डिपोट स्कूलको पूर्ण स्वामित्वमा रहेको भनि मालपोत कार्यालयले साक्षी बसी प्रमाणित गर्दा ठूलो भूल हुन गएको मालपोत कार्यालयका प्रमुख दिलशेर राई, नायव सुब्बात्रय जीवन भण्डारी, रेवती अधिकारी र बालजीत राईले बताएका छन् । 

उनीहरुले कार्यालय समय बित्न लाग्दा हतार–हतार करारनामा तयार गरी ल्याउँदा सबै हेर्न नसकेको र डिपोट स्कूलको नामको श्रेस्ता ध्यानपूर्वक नहेर्दा कार्यालयबाट भुल हुन गएको स्विकार गरेका हुन् । 

अब कार्यालयबाट गल्ती भईसकेको र तत्कालीन कार्यालय प्रमुख यज्ञ प्रसाद भण्डारीको समेत सरुवा भईसकेको हुँदा आफुहरुले केही गर्न नसक्ने भएकाले अदालतबाट मात्र सच्चिने विकल्प रहेको भन्दै संघर्ष समितिलाई अदालतमा जान आग्रह गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *