नेपाल पुनर्बीमा सँग प्राइम लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता

मंसिर ११, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच पुनर्बीमा सम्झौता भएको छ । 

 

नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम यी दुई कम्पनीविच २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको हो । 

null

सोमबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । 

उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *