मन्त्रालयअगाडि कर्मचारीले धर्ना दिन थालेपछि सुरक्षा व्यवस्था कडा पारियो

कात्तिक १४, काठमाडौँ । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

मन्त्रालय परिसर अगाडि बुधबार नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ । 

संघीय संरचनानुसार समायोजनमा परेर हटाइएका विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै धर्ना दिन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

null

उनीहरुले आफ्नो रोजीरोटीको सुनिश्चितता माग गर्दै तीन दिन देखि दैनिक ४ घण्टा धर्ना दिँदै आएका छन् । कर्मचारीहरुको धर्नापछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो । 

विगतमा सरकारले गरेको सम्झौताअनुसार व्यवस्थापन गर्न कर्मचारी संघ संगठनले माग गर्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *