आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरिदै

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा, अर्थात कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैं समापन भएको छ ।घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैँ समापन गरिने प्रचलन छ । 

रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ । 

यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । 

null

माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । 

यसै दिनदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु गरिन्छ ।आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याईन्छ र आकाशदीप भगवान विष्णुलाई समर्पण गरी बालिन्छ । 

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि पूर्णिमाको दिनदेखि सुरु हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *