नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघीयता लादियो– चित्रबहादुर केसी

कात्तिक ८, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति अनुसार संघीयता ल्याइएको दाबी गरेका छन् । 

कालान्तरमा नेपाललाई टुक्राएर भारतमा गाभ्ने योजना अनुसार संघीयता लादिएको भन्दै केसीले संघीयता नटिक्ने दावी गरे । 

कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा गरेको सांस्कृतिक सभालाई सम्बोधन गर्दै नेता केसीले सरकार सञ्चालनका लागि विदेशीसँग हारगुहार गर्नुपर्ने देशमा आठओटा सरकार जनताले थेग्न नसक्ने जिकिर गरे । 

null

चित्रबहादुर केसीले मुलुक संघीय संरचनामा गएदेखि नै यसको विरोध गर्दै आइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *