बढी भाडा लिएको रकम यात्रुलाई नै फिर्ता

भरतपुर । चाडपर्वलाई लक्षित गरी काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढेका बेला चितवन ट्राफिकले सार्वजनिक सवारीसाधनमा भाडादर अनुगमन तीव्र पारेको छ । 

सोही क्रममा ५ यात्रुबाहक बस र १० माइक्रोबाट प्रतिव्यक्ति ५० रुपैयाँदेखि १५० रुपैयाँसम्म निर्धारित भाडाभन्दा बढी लिएको पाइएकाले बढी लिइएको भाडा रकम १७ हजार रुपैयाँ सम्बन्धित यात्रुलाई फिर्ता गरिएको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए । साथै, बढी भाडा लिएको कसुरमा बस र माइक्रोलाई कारबाहीसमेत गरिएको उनले बताए । 

चितवन ट्राफिक प्रहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक गौतमको कमाण्डमा खटिएको टोलीले आँपटारीचोकमा सवारी चेकजाँच गरिरहेको छ ।  

null

यात्रुबाहक बसमा सिट क्षमताभन्दा बढी यात्री चढाउने, चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाउने, चालकले पालो नफेर्ने, प्रत्येक चार घण्टाको यात्रामा आधाघण्टा विश्राम नगर्ने र यात्रुसँग निर्धारित भाडा असुल्ने प्रवृत्ति हटाउन ट्राफिकले चेकजाँचलाई तीव्र पारेको छ । 

सम्भावित दुर्घटनाबाट बचाउन र यात्रु वर्गमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै चेकजाँच अभियान सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक गौतमको भनाइ छ । 

अनुगमनका क्रममा अधिकांश सवारीसाधनमा सरकारले तोकेको भाडादर यात्रुले स्पष्टसँग देख्ने गरी नटाँसेको पाइएकोले त्यस्ता सवारीका चालक तथा सञ्चालकलाई अविलम्ब भाडादर टाँस्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *