सशस्त्रका ६ जना एसएसपी डीआईजीमा सिफारिस

सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयद्वारा गठित बढुवा समितिले मंगलबार राति बढुवा सिफारिस गरेको हो। 

सशस्त्र प्रहरी बलका एसएसपीहरु क्रमशः प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, गोविन्द क्षेत्री र चन्द्रप्रकाश गौतम डीआईजी बढुवाको लागि सिफारिस। 

समितिले क्रमशः प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, सीपी गौतम र गोविन्द क्षेत्रीलाई डीआईजीमा सिफारिस गरेको हो। 

null

बढुवामा अघिल्लो व्याचबाट एसएसपीहरु प्रजाभक्त र रामप्रकाश श्रेष्ठ परेका छन्। बढुवामा दोस्रो व्याचबाट को अगाडि आउने भन्ने चर्कै प्रतिस्पर्धा थियो। तेस्रो व्याचका गौतमले पनि दोस्रो व्याचभन्दा अगाडि आउन ठूलै प्रयास गरेका थिए। 

भावी आईजीपीसँग जोडिएकाले पनि यो बढुवालाई अत्यन्तै महत्वका साथ हेरिएको छ। 

बढुवा समितिमा गृहसचिव प्रेमकुमार राई अध्यक्ष, आईजीपी शैलेन्द्र खनाल सदस्य र एआईजी नारायणबावु थापा सदस्य सचिव थिए। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *