अटो तथा टेम्पोको भाडादर निर्धारण

कात्तिक, १४ दाङ । जिल्लामा सञ्चालित अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको छ । 

लामो समयको अन्योलपछि जिल्लामा सञ्चालनमा रहेका अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख मदन कुँवरले जानकारी दिए । 

टेम्पो तथा अटोले मनोमानी रुपमा चर्को भाडा असुलेको व्यापक जनगुनासो आएपछि दोस्रो पटक मङ्गलबार बसेको यातायात व्यवस्था समितिको बैठकले दाङका घोराही, लमही, नारायणपुर, तुलसीपुर र भालुबाङ क्षेत्रमा सञ्चालित त्यस्ता सवारीको भाडादर निर्धारण गरेको हो । 

null

यातायात व्यवस्था समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले भाडादरमा जिल्लाका विभिन्न स्थानमा डेढ किलोमिटरसम्म प्रतिव्यक्ति रु २५ तथा नगर क्षेत्र बाहिर सोही आधारमा मूल्य निर्धारण गरिएको र सो भाडा आजदेखि लागू हुने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने टाफ्रिक प्रहरी कार्यालयका प्रमुख कुँवरले जानकारी दिए । 

प्राविधिक शिक्षालय स्थापनाका लागि महायज्ञ 

बङ्गलाचुली गाउँपालिका– ५ सुधा मावि झेलनेटामा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ शुरु गरिएको छ । सुधा मावि झेलनेटामा प्राविधिक शिक्षालय स्थापन गर्न महायज्ञ शुरु गरिएको हो । महायज्ञको मङ्गलबार प्रदेश नं –५ का भूमि व्यवस्था एवं कृषि सहकारीमन्त्री आरती पौडेलले उद्घाटन गदै प्राविधिक शिक्षा अहिलेको युगको आवश्यकता भएकाले बङ्गलाचुली गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्न सबैले सहयोग गर्नुपर्ने बताए । 

बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले गाउँपालिकाको विकासको एउटा महत्वपूर्ण आधार प्राविधिक शिक्षालय पनि रहेको भन्दै त्यसको स्थापनका लागि सबैले आ–आफ्नो तर्फ बाट सहयोग गर्न अपिल गरे । महायज्ञका प्रमुख कथावाचक बालयोगेश्वर महाराजले झेलनेटामा प्राविधिक शिक्षालय स्थापना गर्न सम्पूर्ण दानवीरलाई सहयोग गर्न अपिल गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *