बाबुरामको नेकपा समीक्षाः भित्रभित्रै कुहिएको फर्सी, प्रधानमन्त्री नै फुर्के र गफाडी

कात्तिक १४, काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको कडा आलोचना गरेका छन् । 

बुधबारदेखि राजधानीमा सुरु भएको संघीय पार्टीको संघीय बैठकमा संयोजक बाबुराम भट्टराईले पेश गरेको प्रतिवेदनमा सरकाको कडा आलोचना गरिएको हो । 

बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ । 

null

‘प्रारम्भमा तत्कालीन कम्युनिस्ट सरकारप्रति जनताको केही आशा/अपेक्षा थियो । आफूलाई कम्युनिष्ट, सर्वहारावादी, जनवादी, गरिबमुखी, समाजवादी, साम्यवादी आदि इत्यादि भन्न रुचाउनेहरुको पहिलो बहुमतको सरकार बन्दा साँच्चै केही हुन्छ कि भन्ने आशा सर्वसाधारणमा जाग्रित हुनु अस्वभाविक थिएन । हाम्रो पार्टीलाई राम्रोसँग थाहा थियो कि यिनीहरु भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट सगल्तो देखिएका मात्र हुन् । यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सके पनि देशको दीर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न सक्ने छैनन्’ संयोजक भट्टराईले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । 

दुई तिहाईको दम्भमा भएका अवान्छित प्रयत्नहरु बारम्बार असफल भएपछि सरकार आफ्नै नेता र कार्यकर्ताबाट आलोचित हुन थालेको तथा नेकपाभित्रको गुटबन्दी र स्वार्थ समूहहरुको टक्कर झन-झन नाङ्गो हुँदै गएको उनले बताए । 

प्रतिवेदनमा ३३ किलो सुन तस्करी, यातायातमा सिन्डिकेट, निर्मला हत्या प्रकरण, हत्या, बलात्कार, एसिड आक्रमण र महिला हिंसाका घटना लगायतमा सरकारले उचित कारवाही गर्न नसकेको र कानमा तेल हालेर सुतेको आरोप लगाइएको छ । 

त्यस्तै बाबुराम भट्टराईले बैठकमा पेश गरेको प्रतिवेदनमा प्रधानमन्त्रीको समेत उग्र आलोचना गरिएको छ । 

‘प्रधानमन्त्रीको स्वभाव नै फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी देखिएको छ । अनेक बिङ्गा र उखान–टुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोबैज्ञानिक भ्रमबाट उनी ग्रसित देखिन्छन्‘, प्रतिवेदनमा उल्लेख छ । साथै उनले कम्युनिष्ट नामधारी सत्तारुढ दल नेकपाले ‘समृद्धि’ शब्दकै दुरुपयोग गरिरहेको दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *