प्रदेश १ को राजधानीमा विराटनगरको विकल्प छैनः लालबाबु पण्डित

विराटनगर, असोज १६ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले प्रदेश राजधानीका लागि विराटनगरको विकल्प नरहेको बताएका छन् । उनले विराटनगर नै प्रदेश नम्बर १ को राजधानी हुनेमा विश्वस्त रहन पनि आग्रह गरे । 

मंगलबार विराट व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो कुरा बताएका हुन् । 

मोरङ निर्वाचन क्षेत्र नम्बर–६ का निर्वाचित सांसद समेत रहेका पण्डितले संविधानले प्रदेश सभालाई राजधानी तोक्ने अधिकार दिएको बताउदै भविष्यमा सम्भावित राजधानी भएको स्थानमा उच्च अदालत राख्ने र सोहीलाई स्थायी राजधानी तोक्ने भनिएकाले विराटनगर नै राजधानी हुने बताए । 

null

विराटनगर सम्पूर्ण कुराले भरिपूर्ण रहेको भन्दै राजधानी हुनेमा ढुक्क रहन पनि उनले सबैमा आग्रह गरेका छन् । राजधानीलाई मध्यनजर गरेर दुरगामी कार्यालयहरु, विभिन्न विकास निर्माणका आयोजनाहरु निर्माण भएकाले विराटनगर राजधानी हुनेमा दुुईमत नहुने मन्त्री पण्डितले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *