कैलालीमा १३ वर्षीय बालक सम्पर्कविहीन
२०८३ असार २१ गते

प्रतिकात्मक तस्बिर
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका- ६ मटियारीका १३ वर्षीय एक बालक सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय जगत कुवरका छोरा रिदम कुवर असार २० गते बिहान करिब ६ बजे विद्यालय जान्छु भन्दै घरबाट निस्किएका थिए।
त्यसयता उनी घर नफर्किएपछि परिवारले आफन्त तथा सम्भावित स्थानहरूमा खोजतलास गर्दा पनि कुनै सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिदमको वर्ण गहुँगोरो, उचाइ करिब ४ फिट र छोटो कालो कपाल रहेको छ।
बालकको खोजी कार्य जारी रहेको जनाउँदै प्रहरीले उनको बारेमा कुनै जानकारी वा सम्पर्कमा आए नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय कैलालीमा तत्काल खबर गरिदिन सर्वसाधारणसँग अनुरोध गरेको छ।
२०८३ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








