‘हामीले कल्पना गरे अनुरुप बजार पक्कै भएको छैन ।’

घरमा बस्ने गृहिणीले समेत मुनाफा कमाउने ठाउँ हो शेयर भनेको तर, त्यसका लागि हामीसँग धैर्यता भने अवश्य हुनुपर्छ ।हामीले कहिल्यै अर्थमन्त्रीको राजिनामा मागेका थिएनौंं । 

राधा पोखरेललाई शेयर मार्केटमा धेरैले ‘ब्यूटी विथ ब्रेन’ भन्छन् । महोत्तरीकी युवती राधाको नेप्से यतिबेला दिनप्रतिदिन उकालो चढ्दो छ । लिडरले जे बोल्छन्, त्यसले नेपालको शेयरबजार प्रभावित हुन्छ भन्छन्, शेयर ब्रोकरहरु । राधाका पछिल्ला कृयाकलापले उनलाई ‘शेयर सुन्दरी’ उपमा मात्र दिएको छैन । उनका बोलीमा ब्रोकरहरु विस्वास गर्न थालेका छन् । नवप्रवेशी शेयर कारोबारीका लागि त उनी उदाहरण नै हुन् । यी सुन्दरी शेयर बजारमा आएको धेरै भएको छैन, मात्र सात वर्ष भयो । सहकारीको डाइरेक्टर हुँदै शेयर बजारमा हात हालेकी राधाले छोटो समयमै ठूलो प्रगति गरेकी छिन् । शेयरको बस्तुस्थिति विष्लेशण नगरी हचुवाको चालमा लगानी गर्नेहरुको संख्या धेरै छ । पछिल्लो पाँच वर्ष यता शेयर कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेपनि नाफा कमाएर स्थापीत हुनेहरुको सुचकांक थोरै छ । नेपाल पुजिँ बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग हामीले यिनै विषयमा कुराकानी गरेका छौं । 

अहिले शेयर बजारमा लगानी कर्ता संघ कति छन् ? तपाईले नेतृत्व गरेको संघ कहिले स्थापना भएको हो ? 

null

यो मार्केटमा तीन ओटा संघ दर्ता भएका छन्, त्यस मध्ये हामी कान्छो संस्थाका रुपमा उदाएका हौं । हामी स्थापना भएको करिब दुई वर्ष भयो । 

घरमा बस्ने गृहिणीले समेत मुनाफा कमाउने ठाउँ हो शेयर भनेको तर, त्यसका लागि हामीसँग धैर्यता भने अवश्य हुनुपर्छ । 

नेप्सेमा कम्पनीहरु चाहिँ कति सूचिकृत छन् ? 

नेप्सेमा लगभग एक सय देखि डेढ सयको हाराहारीमा कम्पनी सूचिकृत भएका हुन्छन्, यो प्रकृयामा घटवढ भइरहेको हुन्छ । आउँछन् जान्छन्, कुनैलाई कारवाही पनि गरीरहेको हुन्छ ।तपाईले छोटो समयमै हासिल गरेका सफलता लोभलाग्दा रहेछन्, धेरै जना शेयर बजारमा आउन इच्छुक छन्, कस्ता 

कम्पनीमा लगानी गर्ने केही टिप्सहरु भनिदिनुस् न ? 

लगानीकर्ताले हेर्नुपर्ने कम्पनीले कस्तो कमाई गरिरहेको छ त्यो विचार पुर्याउनु पर्छ । मलाई सबैभन्दा राम्रो बैंकिङ्ग सेक्टर लाग्छ । कुनै बैंकले पियरसीहरु, कम्पनीहरुलाई चलाउने संस्थापकहरु कस्ता छन् ? तिनिहरुको र बैंकको कस्तो प्रोफाईल छ ? के–के दिईरहेको छ ? त्यो हेरेर लगानी गर्नुपर्दछ । कसैको लहलहैमा लगानी गर्न हुन्न । लामो अवधि र छोटो अवधि हेरेर लगानी गर्न आवश्यक छ । 

शेयरमा लगानी गर्दाका फाइदाहरु के–के हुन सक्छन् ? 

चुनौतिसँगै धेरै फाइदा हुन्छ । जुनसुकै वर्ग, लिंग र क्षेत्रले लगानी गर्न सक्छन् । घरमा बस्ने गृहिणीले समेत मुनाफा कमाउने ठाउँ हो शेयर भनेको तर, त्यसका लागि हामीसँग धैर्यता भने अवश्य हुनुपर्छ । शेयरमा आज किनेर भोली नै नाफा हुन्छ भन्ने हुन्न । बजारको बस्तुस्थिति हेरेर निर्णय गर्न सक्नुपर्छ । हामीले बैंकमा मुद्दतीमा पैसा राख्छौं जहाँ पहिला नै तोकेको हुन्छ कि यसमा यति ब्याज आउँछ भनेर तर, शेयरमा लगानी गरिसकेपछि भोलि गएर २० प्रतिशत मात्र आउला भन्ने छैन कुनै बेला ३० प्रतिशत पनि आउन सक्छ । 

तपाईले नेपाली स्टक मार्केटको विकसित रुप कस्तो परिकल्पना गर्नु भएको छ ? 

हामीले जति सोचेको छौं त्यही रुपमा मार्केट भईरहेको छैन । जिम्मेवार व्यक्तिहरुले जिम्मेवार पदमा बसेर त्यस्तै कुरा बोलिदिनु हुन्छ । हामी कहिले पनि मार्केट बढाई दिनु भनेर भन्न गएका हुँदैनौं । हामीले कसैसँग भेट्दा नीति नियम राम्रो हुनुर्पयो, लगानी सुनिश्चित हुने वातावरण बन्नुर्पयो भनिरहेका हुन्छौं । त्यसपछि त मार्केटलाई कसैले रोक्नै सक्दैन । हामीले कल्पना गरे अनुरुप बजार पक्कै भएको छैन । शेयर बजारमा स्वस्थ प्रतिष्पर्धा, राम्रो मुनाफा, कम जोखिमपूर्ण हुनुपर्छ भन्ने हामी सबैको मान्यता हो । 

राधा पोखरेल ब्यूटी छिन्, माइण्ड पनि छ, संघमा आएपछि उनले बोलेको भरमा नेप्सेको सुई तलमाथि गर्छ किन भनेका होलान् ? 

त्यो चाहिँ हेर्ने नजरमा भर पर्छ । कोही कसैलाई राम्रो देख्छ भने उसको नजर नै राम्रो हो । कसैले मलाई यो राम्रो त्यो राम्रो भन्ने होईन मेरो काम हेर्ने हो । म भित्र आत्मविस्वास के छ भने म कुनै काममा हात हालेपछि त्यसलाई पूर्णता दिन सस्तोसुकै मेहनत गर्न डराउँदिन । उदाहरणः हामीले साउन २ गते संस्था दर्ता गर्यौं । लगत्तै २८ गते माधव कुमार नेपाल, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री देखी लिएर सरोकारवाला सबैलाई बोलाएर कार्यक्रम पनि गरर्यौं । त्यो कार्यक्रमले दिन प्रतिदिन घट्दो शेयर बजारलाई केहि हदसम्म उठाउन सहयोग गर्यो । प्रदेशमा पनि कार्यक्रम गर्न सक्यौं । अब मेरो बोलीले नेप्सेको सुई तलमाथि गर्छ भन्ने चैं हैन । 

अर्थमन्त्री बोलाएर कार्यक्रम गर्नुअघि तपाईहरु अर्थमन्त्रीको राजीनामाको पक्षमा कुर्लँदै हुनहुुन्थ्यो नी ! कुरा कहाँबाट मिल्यो ? 

हामीले कहिल्यै अर्थमन्त्रीको राजिनामा मागेका थिएनौंं । हामीले अर्थमन्त्रीसँगको भेटमा हाम्रा समस्या, समाधानका उपाय र यो क्षेत्रका धेरै जानकारी गराएपछि उहाँ हामी प्रति धेरै पोजेटिभ हुनुभयो । नत्र उहाँलाई शेयर बजारका बारेमा यसरी विफ्रिङ गरिएको रहेछ की, उहाँ यो विषयमा कुरा नै गर्न तयार हुनुहुन्नथ्यो । अर्थमन्त्रीसँगको १ घण्टाको बसाईमा मैले उहाँलाई ‘बजारमा धेरै नेगेटिभ कुरा गईरहेको छ । हजुरले जसरी हुन्छ यो कुरालाई पोजेटिभ रुपमा ल्याईदिनु होला’ भनेर आग्रह गरें । त्यसपछि बेलुका गएर उहाँसँगको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्दै उहाँ शेयर बजार प्रति पोजेटिभ हुनुहुन्छ भन्ने म्यासेज दिन खोजें । 

तर, बजारमा तपाईले सेलीब्रेटी हुनको लागि अर्थमन्त्रीसँग फोटो खिचेको भनेर हल्ला फैलियो नी हैन ? 

मैले, उहाँसँगको बसाइमा बजारका धेरै कुरा गर्न पाएँ, हाम्रो कुरा सुनेर उहाँपनि पोजेटिभ हुनुभएको थियो तर, विडम्बना केहिले त्यहि फोटो हालेको कुरालाई अनर्थ लगाएर बङ्ग्याउने काम गरे । उहाँसँग फोटो खिचेर नहाली कसरी थाहा पाउनु हुन्छ कि मैले अर्थमन्त्री लाई भेटेर केही पोजेटिभ कुरा गरेको थिएँ भनेर ? 

अर्थमन्त्रीसँग भेटेको कुरा बाहिर बताउन त्यस्तो के जरुरी थियो ? 

हाम्रो शेयर बजार भनेको एकदम सेन्सेटिभ हो, बोली व्यवहारले नि चल्छ । यसमा अर्थमन्त्रीको कुराले बजारमा पोजेटिभ म्यासेज जान्छ भनेर देखाउनका लागि गरेको थिएँ । 

अर्थमन्त्री आफैंमा सबै कुरा थाहा भएको मान्छेलाई तपाईले शेयर बजारको बारेमा थाहा रैनछ भन्न मिल्छ ? 

मैले थाहा छैन भनेर भनेको छैन । उहाँले पनि त्यस्तो बोल्नु भएको छैन । मिडियाहरुले बोलेको कुरालाई बङ्गाई दिने गर्छन् । मैले एउटा मिडियालाई के भनेको थिए ‘यो कुरा भई दिने भए १८८१ होईन २००० पनि पुग्न सक्दैन’ । त्यो मिडियाले आफ्नो भ्यूवर्स बढाउनलाई २५०० सम्म पुग्न बेर छैन भनिदियो । त्यसमा त मेरो दोष हुन्न नि । अर्थमन्त्री ज्यूले पनि नभन्नु भएको हुन सक्छ । 

पछिल्लो समय शेयर मार्केटमा भेला हुने, हल्ला गर्ने, माथिल्ला निकायसँग भेट गरेर शेयर प्रभाव पार्ने चलन छ नी, त्यसले भोलि गएर नियमसंगत विधि विकास हुन सक्ला ? 

सबैले आफ्नो स्वार्थ हेरेर पनि गरेको हुन्छन् होला । तर, कसैले निस्वार्थ रुपमा यस्तो गर्छ भने त्यो नराम्रो होईन । सकारात्मक कामका लागि कसैले त्यस्ता काम गर्छ भने हामीले सपोर्ट पो गर्न सक्नुपर्छ । यस्ता कृयाकलापले नै संस्था चलायमान हुने हो र विधिको विकास हुने हो । 

नेपालको शेयर मार्केटमा त अध्ययन र विधिसंगत कुरा गर्ने कामै भएको छैन नी ? 

ठूला संघलाई यस्तो आरोप लागिरहेका छन् । जति हामीले बाहिर बसेर हेरेको हुन्छौं, त्यति हुँदैन । एकछिनको लागि गर्न सकिएला तर, पुरै बजारलाई गर्न सकिदंैन । एक दुई जनाले त्यसो गरे भन्दैमा सबैलाई दोष दिनपनि मिल्दैन । संस्थाकै कुरा गर्दा कसैले दर्ता नै नगरी चलाउँछन् । हाम्रोे संघ पनि दर्ता नभई चलेको अवस्था थियो, म आएर नै यसलाई विधिवत दर्ता गरेको हो । अहिले राजधानी बाहिर संगठित हुँदै प्रदेशहरुमा कार्यक्रम गरिरहेका छौं । मार्केट अध्ययन र विधि संगत सञ्चालन गर्नका लागि हामी आफैं सचेत बन्न आवश्यक छ । यसकालागि नीति निर्माणमा रहेकालाई झक्झक्याउने काम हामी जस्ता संस्थाहरुले गर्नु पर्दछ । 

शेयर कारोबार गर्नेहरु पत्रिकामा लेखिएको आधारमा पनि विश्लेषण गर्छन, यो कतिको सही हो ? 

पत्रिकाले लेखेको कुराहरु केही पनि सही हुन्छ जस्तो लाग्दैन । अनलाईन मिडिया त १० हजारमा दर्ता भई हाल्छ रे ! सबैको हातमा अनलाईन मिडिया छ भन्ने सुन्छु । अब कसैलाई म्यानुप्युलेट गर्नुछ, बजार बढाउनु छ भने त्यहि अनुसारको कुरा गरेर बढाउने घटाउने गर्छन् । त्यसकारण पत्रिका र अनलाइनकै भरमा कारोबार गर्नुहुन्छ भने गलत हो । 

नेपालको शेयर बजार बङ्गलादेश र श्रीलङ्काको भन्दा तल छ, त्यसलाई माथि उठाउन के गर्नुपर्छ ? 

बङ्गलादेशमा मार्केट एकहोरो रुपमा घटिरहेको थियो, त्यहाँको सरकारले मार्केट उकास्न कुनै फण्डहरुलाई माथि नआउँन्जेल किनिरहनु भनिदियो । नेपालमा पनि राज्यले यस्तै नीति ल्याउन आवश्यक छ । सञ्चयकोष, नागरिक लगानी कोषदेखि लिएर ठूला फण्डहरु स्थापना गरेर तपाईहरुले मार्केटमा नआउन्जेल जो जो आउँछ किनिरहने भनेपछि कोही घटाएर बेच्न नै जाँदैन नि । 

स्टक मार्केटलाई प्रभावित पार्न Importance’s macroeconomics त्यसमा समस्टिगत आर्थिक संकेतहरुलाई कसरी परिभाषित गर्ने ? 

पहिला सुरुवात के थियो भने २ अर्बबाट ८ अर्ब पुर्याउने । त्यसले गर्दा बोनसहरु धेरै दिएर होला मार्केटमा यस्तो भईरहेको छ । अनि बैंकको पनि ८ प्रतिशतबाट १६ प्रतिशत सम्म पुग्यो । त्यसले गर्दा धेरै सेलर आए । गभर्नरले पनि ‘अब ब्याज चाहिँ बिस्तारै घट्दैछ ।’ भन्नु भएको थियो । बाम गठबन्धनको सरकार आए लगत्तै काँग्रेसदेखि लिएर अन्यले सरकारलाई नै बद्नाम गराउन अगाडी बढे । मारवाडी समुदायहरु अलिकति रिक्स भयो भने केहिमा पुँजी लगाउन चाहनु हुन्न । योसँगै नेपालबाट बिस्तारै पैसाहरु बाहिर गएको छ । यसले गर्दा मार्केटमा संकट आएको हो । 

सेयर कारोबार कसरी गर्दा राम्रोसँग नाफा कमाउन सकिन्छ ?  

यसमा छोटो समयका लागि गर्ने हो कि लामो समयका लागि गर्ने हो त्यसमा भर पर्छ । छोटो समयका लागि गर्नको लागि जुनै कम्पनी पनि लिन सकिन्छ, त्यसमा जति राख्यो त्यति घाटा हुँदैन । तर हामीले लामो समयका लागि गर्दा भने धेरै बिचार पुर्याउनुपर्ने हुन्छ । शेयर लिएर वर्ष दिनसम्म वास्ता नै नगर्ने हो भने त्यो डुब्न सक्छ । त्यसैले हामीले एकदम बिचार गर्नुपर्छ कस्तो कम्पनी लिँदैछौँ । 

तपाईको नजरमा लगानीकर्ताहरुले फण्डामेन्टल र प्राविधिक विष्लेषणलाई कसरी बुझ्ने ? 

लामो समय गर्नुहुन्छ त्यसलाई फण्डामेन्टल चाँहिदैन । फण्डामेन्टल हेर्ने भनेको जस्ले त्यसमा नै अध्ययन गरेको हुन्छ । तर, आजभोलि त अध्ययन नगरे पनी शेयर बजारमा जो कोही पनि बस्नु हुन्छ । हामीले लामो समयलाई लगानी गर्यौँ भने यी सबै कुराको जानकारी लिनुपर्दछ ।जजमेन्ट जस्ले नि गर्न सक्दैन । त्यो पढ्नु पर्ने हुन्छ त्यसको कोर्ष हुन्छ बिभिन्न टे«निङ्ग दिईरहेको हुन्छ । त्यो लिएर बुझ्न सकिन्छ । शेयर सम्बन्धी जानकारी दिने भनेर बिभिन्न इन्ष्टिच्युट खोलिएको छ । 

शेयरमा नाफा कमाउने बिधि के हो ? जोखिम न्यूनीकरण गर्न र व्यवस्थापन गर्न के–के उपाय अपनाउन सक्नुपर्छ ? 

नाफा कमाउने बिधि भनेको राम्रो कम्पनीमा लगानी गर्नु हो । सकेसम्म एकदम मार्केट घटेको बेला लिन सक्नु पर्यो । हामीले पर्खन सक्नु पर्यो । राम्रो कम्पनीमा पैसा हाल्न सक्नु पर्यो । र बढेको बेला बेच्न सक्नुपर्यो ।जोखिम नहुने भनेको कहीँ हुँदैन । हामीले सानो तिनो पसल खोल्दा त जोखिम हुन्छ । शेयर बजार यस्तो हो कि आज बिकेन भने भोलि चाहिँ मेरो जोखिम भईहाल्यो भन्ने हुँदैन । आज हामीले लियौं, भोली मार्केट घट्यो भने हामी फस्छौं । आज बजार अलिकति बढ्यो लगत्तै भोली अलिकति घट्यो भने त्यस्तो बेला थोरै घाटा खाएरै भएपनि बेच्न सक्नुपर्छ । 

तपाई स्टक लस प्रोफिट कसरी हेन्डल गर्नु हुन्छ ? 

हिजो कुनै राम्रो कम्पनी लिएको थिएँ, तर भोलि गएर त्यसको कुनै नराम्रो छ भन्ने थाहा पाए भने मैले थोरै घाटा नै खाएर भए पनि बेचिदिन्छु । धेरै स्टक लस हुनु भन्दा त्यसलाई स्टप नै गरी दिन्छु । 

शेयर मार्केटमा स्टक बजारमा पोर्टफोलियोको व्यवस्थापन कसरी हुन्छ ? र कस्ता कम्पनीहरुले पोर्टफोलियो निर्धारण गरिरहेका छन् ? 

पोर्टफोलियो आफैले म्यानेज गर्ने हो । मेरो चाहिँ हेर्नुहुन्छ भने ईन्सुरेन्स, बैंकिङ, हाईड्रो सबै हुन्छ । यसलाई आफूले मिलाएर राख्न सक्नुपर्छ । आफूलाई कुनमा बढी विश्वास छ, त्यसको राम्रो राख्नु पर्यो । तिनीहरु भनेको लामो समयका लागि भयो । छोटो समय खेल्नको लागि जुनै कम्पनी राम्रोसँग हेरेर लिन सक्दा पोर्टफोलियोको मान्य हुन्छ । 

म्यूचुयलफण्ड भन्ने पनि छ यसको परिभाषा के हो ? 

म्यूचुयल फण्डको काम शेयर बजार एकहोरो रुपमा घटि रह्यो भने उनीहरुको काम शेयर लिने हो । अहिले त उनीहरु बैंकमा पैसा ब्याजमा लगाएर बस्छन् । अहिले मार्केट पसेका छैनन् । उनीहरु मार्केटमा पस्ने हो भने मार्केट यसरी तल जाँदैन थियो । उनीहरुको काम भनेको शेयर बजारलाई माथि उकास्ने हो । म्यूचुयल फण्डहरुलाई बजारमा भित्र्याउन सके धेरै राम्रो हो । नेपालमा म्यूचुयल फण्डहरु धेरै छन्, तिनीहरुले जसरी काम गर्नुपर्ने हो सक्रिय रुपमा गरिरहेका छैनन् । 

स्टक बजारमा बास्केट बनाएर लगानी गर्यो भने घाटा हुने संम्भावना कम हुन्छ भन्ने छ ? 

यो मैले अहिले सम्म गरेको छैन । मलाई अहिले सम्म घाटा भएको छैन । मार्केट घटिरहेको छ म बेच्न निस्के भने मात्र मलाई घाटा हुन्छ । नभए कागजमा मात्र घाटा हुन्छ संख्यामा हुँदैन । मसँग १ करोड छ तर मैले १ लाख बेच्नु पर्यो भनेपनि सक्छु, पछि बढेपछि त्यसमा मेकअप भईहाल्छ नि । मार्केट बढीरहेको छ मैले सबै बेचेर निस्के भने त्यो अवश्य घाटा हो । आफूले होल्ड गर्न सक्नु पर्यो घाटा हुँदैन । 

भर्खर शेयर बजारमा छिरेका लगानीकर्ताले लगानी गर्ने विषयमा कस्को कुरा सुन्न पर्ला ? 

लगानीकर्ताले कुराहरु त सबैको सुन्नुपर्छ । हामी सबैको हात हातमा इन्टरनेट छ । हामीले बुझ्छौं, अध्ययन गर्छौं, कुन राम्रो हो कुन नराम्रो हो केही न्यूजहरु आएको छ भने सोध्ने, सल्लाह गर्ने तर, निर्णय चाहिँ आफूले गर्ने । अरुको पछाडि मात्र लाग्नुहुन्न । 

के–के सावधानी अपनाउनु पर्ला ? 

ब्रोकर अफिसमा हामी जान्छौं भने, उनीहरुलाई कुन किनौं भनेर सोध्नु हुँदैन, किनभने उनीहरुले सकेसम्म आफ्नै किनोस भन्नुहुन्छ । किन्नेले अध्ययन गर्नु पर्र्यो कुन कम्पनी कस्तो छ । २/३ वर्ष अगाडी त्यो कम्पनीले के–के दिईरहेको छ, पियरसीहरु सबै हेरर्यौ भने छुट्याउन सकिहाल्छौं । 

नेपालमा भएका धेरै नाफा दिने कम्पनीका सेक्टर कुन–कुन हुन सक्छन् ?  

मलाई बैंकिङ्ग सेक्टर राम्रो लाग्छ । बैंक नराम्रो भएर जाने, अनि टाट पल्टिने भन्ने हुँदैन । बैंक मध्येमा पनि सबैभन्दा राम्रो कुन छ त्यसलाई हेरेर लिएमा जोखिम कम हुन्छ । 

बैंकिङ्ग सेक्टर सुरक्षित छ भन्नु भयो जोखिम क्षेत्रहरु पनि भनी दिनुस् ?  

च्यालेन्ज हरेक ठाउँमा छ । बैंकिङ्गमा पनि नहुने भन्ने कुरा त होईन । इन्सुरेन्स, हाईड्रोहरु पनि राम्रो छ । मेरो पनि बैंक मात्र होईन सबै सेक्टरमा लगानी छ । जोखिम कम हुने भनेको बैंकिङ्ग क्षेत्र हो । जथाभावी मुल्य बढाउँदा माइक्रो फाइनान्स क्षेत्रमा बढि जोखिम छ । 

तपाईहरुलाई आरोप छ, आफ्नो व्यक्तिगत फाईदाको लागि जहाँपनि जाने तर, साना लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न चैं पछि हट्ने, किन यस्तो भेदभाव ? 

व्यक्तिगत फाईदाको लागि अरुको कुरा छोडौं, मेरै कुरा गरौं मैले के गरे केही प्रमाण छ त ? अर्थमन्त्रीलाई मैले कस्को लागि भेटे लगानीकर्ताको लागि त हो । हल्ला चलाउनेले त जेपनि चलाउँछ । मैले संघ दर्ता गराउने बेला मलाई पारिवारीक संघ भनेर आरोप पनि लाग्यो । यहाँ त मैले मेरो ज्यान नै दिए पनि नराम्रो भन्नेले नराम्रो नै भन्छ । तर त्यसबाट म कहिल्यै पछी हट्दिन । 

अब संघलाई गोष्ठी, सेमिनार गरेर मात्रै अगाडी बढ्ने होकी ? एड्भान्स भएर काम गर्ने हो ?  

हामीले योजना बनाईरहेका छौं । हामी बिभिन्न ठाउँमा गईरहेका छौं । हामीले आर्थिक वर्षमा ७ वटा प्रदेश ७७ जिल्लामा छुट्टै कार्यक्रम बनाएर पुग्ने योजना छ तर, यसको लागि समय लाग्छ । बाग्लुङ्ग, म्याङ्गलुङबाट शेयर शिक्षा दिनु परर्यो भनेर आएपछि हामीले उपाध्यक्षलाई पठाएका छौं । कामहरु हाम्रो तर्फबाट भईरहेको छ नि, नभएको भन्ने त होईन तुरुन्त गर्न चाहिँ सकिँदैन । 

२ महिनाको अवधिमा जुन काम गरीराख्नु भएको छ यसलाई लामो अवधिको लागि लिएर जान केके योजना छ ? 

हाम्रो मुख्य उद्देश्य भनेको भ्याली भन्दा बाहिर संगठनलाई पुर्याउने हो । अहिले भ्याली बाहिरबाट पनि पुजिँ बजारमा आउनेहरुको संख्या बढ्दो छ । ताप्लेजुङ्ग देखि दार्चुला सम्मका जनतालाई पुजिँ बजारमा कसरी ल्याउन सकिन्छ लागि परिरहेको छु । पहिला संघलाई सबैतिर फैल्याएर लैजाने योजना छ । सबैको हातहातमा शेयर पुग्छ भने त्यत्तिकै पनि बजार बिस्तार भै हाल्छ । 

अन्तमा शेयर बजारमा आउने नयाँ लगानीकर्तालाई के भन्नुहुन्छ ? 

यो सेक्टर पढेको छैन म आउँदिन भन्नु हुँदैन । सबै जना पढेर आएको हुँदैन, बिस्तारै गर्दै जाँदा जानिने हो । सुरुमा थोरै पैसा आई.पि.ओ.बाट लगानी गर्नुहोस् । आई.पि.ओ. बाट लगानी गरेमा घाटा हुने चान्स हुँदैन । सेकेन्डरी मार्केटमा आँउन चाहनु हुन्छ भने एकदम सुजबुझ गरेर आउनु होला । थोरै थोरै रकम लिएर मात्र प्रवेश गर्नुहोस् । विदेश जान युवाहरुलाई कम्तीमा १० लाख लाग्छ, त्यो पैसा आफ्नै देशमा लगानी गर्दा अगाडी बढ्न सकिन्छ । जो दिदीबहिनी घरमा सुतेर बस्नु हुन्छ उहाँहरुले पनि आफुसँग भएको थोरै पैसा बजारमा लगानी गर्नुभयो भने भोली अप्ठ्यारो पर्दा श्रीमानसँग माग्नु परेन । बालबच्चालाई केही पर्यो भने आफैले खर्च गर्न सकिन्छ । त्यस कारण शेयर बजारमा आउन आग्रह गर्दछु । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *