लम्कीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कार्तिक, १० लम्की । नेपाल भारत मैत्री संघ लम्की उपशाखा , कैलालीको आयोजनामा उपशाखाको दोस्रो मैत्री सभा तथा दशै, दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आज लम्कीमा सम्पन्न भएको छ । 

नेपाल भारत मैत्री संघ लम्की उपशाखाका अध्यक्ष रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय रहेका थिए । 

कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्था लम्कीका उपाध्यक्ष उदयराम खनाल , नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सचिव बिनोद आचार्य , नेपाल पत्रकार महासंघ कैलालीका सद्स्य एवम् सामुदायिक रेडियो पश्चिम आवाज लम्कीका स्टेशन मेनेजर देवानन्द न्यौपाने , लियो क्लब अफ लम्कीका अध्यक्ष तारा आचार्य , सरस्वती मा. वि. भुरुवाका शिक्षक विष्णु शाही , एम्बुलेन्स चालक संघ कैलालीका कोषाध्यक्ष इन्द्रबहादुर शाही लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । 

null

कार्यक्रममा नेपाल भारत मैत्री संघ लम्की उपशाखाका कोषाध्यक्ष नान्कला खनालले स्वागत मन्तव्य सहित विक्रम संवत २०७३ सालदेखि २०७५ साल भाद्र सम्मको आम्दानी खर्चको विवरण पेश गरेका थिए । भने सचिव शिव थापाले कार्यक्रमे संचालन गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *