पत्रकार खशोग्गी हत्या काण्डः अमेरिकाले रद्द गर्दैछ भिजा !

कात्तिक ७, काठमाडौँ । अमेरिकी वाशिंगटन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यालाई लिएर अमेरिकाले पहिलो पटक साउदी अरबमाथि कारबाही सुरु गरेको छ । 

अमेरिकाले हत्यामा सामेल रहेका साउदी अफिसरहरुको अमेरिकी भिजा रद्द गरिदिने चेतावनी दिएको छ । टर्कीका राष्ट्रपति रेसेप तयि एर्दोगानको दावी पछि भिजा समाप्त गर्ने कारवाही गर्न लागिएको हो । 

एर्दोगानले भनेका थिए कि, ‘खशोग्गीको हत्या साउदी दुतावासमैँ गरिएको थियो । यसको योजनाकार २८ सेम्टेम्बरमा रचिएको थियो । खशोग्गीको शवको टुक्रा इस्ताम्बुल स्थित साउदी राजदूतको घरको बगैँचामा भेटिएको थियो । उनको २ अक्टोबरमा इस्ताम्बुल स्थित साउदी काउन्सलेटमा हत्या भएको थियो ।’ 

null

पहिचान गरिएका २१ साउदी अफिसरको भिजा समाप्त गरिने र भविष्यमा कहिल्यै पनि जारी नगरिने अमेरिकी विदेश विभागले भनेको छ । 

एक पत्रकारको विरुद्धको हिंसा अमेरिकाले नसहने भन्दै विदेश मन्त्री माइक पोम्पियोले यो प्रतिबन्ध अन्तिम कारवाही नभएको बताएका छन् । खुलासा भएपछि अन्य कडा कदम उठाउने उनले चेतावनी दिएका छन् । 

त्यस्तै टर्की राष्ट्रपति एर्दोगनले खशोग्गीको हत्याका लागि साउदीबाट १६ सदस्यीय टीम २ अक्टोबरमा नै इस्ताम्बुल आएको दावी गरेका छन् । उनले यस मामिलाको राजनीतिक हत्याको उपमा दिए । उनले टर्कीका सुरक्षाकर्मीको साथमा यसको प्रमाण पनि भएको बताएका छन् । 

टर्कीको एक पत्रिकाले एर्दोगनको भनाइलाई उद्धृत गर्दै लेखेको छ, ‘खशोग्गी साउदीको क्राउन प्रिन्स मुहम्मद विन सलमानको आलोचना गर्थे । त्यसै कारण उनको हत्या गरिएको हो ।’ 

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबिया र विशेष गरी शक्तिशाली युवराज मोहम्मद बिन सलमानले गरेका केही कामका कडा आलोचक थिए । टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेदेखि बेपत्ता रहेको उनको हत्या भएको हो । 

साउदी अरेबियाको प्रमुख मित्र अमेरिकामाथि यो घटनालाई लिएर साउदीमाथि कडा रुपमा प्रस्तुत हुन दबाब पर्दै आएको छ । यहिक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र विदेश मन्त्री पोम्पेओको भनाई आएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *