सरकारको लोकप्रियतामा कमि आएको होइन : मन्त्री यादव

बिराटनगर, कात्तिक १४ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारले जनताको दिएको जनादेश अनुसार काम गरेकाले सरकारको लोकप्रियतामा कुनै कमी नआएको बताएका छन् । 

बिराटनगर बिमानस्थलमा बुधबार सञ्चारक्रर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले मुलुकलाई समृद्धीको बाटोमा लान सरकारले लागि परेको पनि बताए । उनले सरकारले चिनीको बिक्री मूल्य रु ७० तोकेको हुनाले मूल्यभन्दा ज्यादा बिक्री भएकोमा पाइएमा त्यस्ता व्यपारीलाई कारवाही हुने समेत जानकारी दिए । मन्त्री यादवले उपभोक्ता, किसान र उद्योगीहरुसंगको छलफल पछि नै सरकारले चिनीको खुद्रा मुल्य रु ७० कायम गरेको प्रष्ट पारे । उनले आज नै बिराटनगरको बैजनाथपुरमा निर्माणधिन एकिकृत भन्सार चेक पोष्टको अनुगमन समेत गरेका छन् । सो क्रममा मन्त्री यादवले चोकपोष्ट निर्माणमा भईरहेको प्रगतिको बारेमा निर्माण कम्पनीका प्रतिनिधि सँग जानकारी समेत लिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *