ताइवानमा भूकम्पको धक्का

कात्तिक ६, ताइपेइ । ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का पूरै ताइवानमा अनुभव गरिएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् । 

ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो । 

सर्भेका अनुसार मङ्गलबार अपराह्न १२ बजेर ३४ मिनेटमा गएको उक्त भूकम्पको केन्द्र जमिनको सतहबाट ३४ किमी तल रहेको छ । 

null

भूकम्पबाट तत्काल कुनै हताहती वा क्षतिको विवरण प्राप्त भएको छैन । ताइवानको केन्द्रीय मौसम विज्ञान विभागले भने उक्त भूकम्प ६ रेक्टर स्केलको रहेको जनाएको छ । 

यसै वर्षको फेब्रुअरीमा समेत हुवालीनमा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसबखत १७ जनाको मृत्यु भएको थियो । 

ताइवान पनि भूकम्पीय जोखिममा रहेको स्थान हो । सन् १९९९ को सेप्टेम्बरमा गएको ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण करिब २ हजार ४०० को मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *