सीबीआई विवादमा सरकारको भूमिकाविरुद्ध काँग्रेसको प्रदर्शन, राहुल गान्धी पक्राउ

कात्तिक ९, नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् । सरकारको विरोधमा उत्रिएका राहुल शुक्रबार पक्राउ परेका हुन् । 

सीबीआई मुख्यालय बाहिर प्रदर्शन गरेपछि राहुल गान्धी पक्राउ परेका छन् । पक्राउ परेका उनलाई लोधी रोड पुलिस स्टेनशनमा लगिएको छ । 

भारतको रिश्वतखोरी विवादपछि सीबीआईका निर्देशक आलोक वर्मालाई बिदामा पठाउने मोदी सरकारको फैसलाको विरोधमा काँग्रेसले शुक्रबार देशभर प्रदर्शन गर्यो । 

null

दिल्लीमा प्रदर्शनको कमाण्ड सम्हालेका पार्टी अध्यक्ष राहुल गान्धीको नेतृत्वमा दयाल सिंह कलेजदेखि सीबीआई मुख्यालयसम्म जुलुस निकालिएको थियो । राहुले बैरिकेडमाथि चढेर धरना समेत दिएका थिए । त्यसपछि उनलाई गिरफ्तार गरिएको हो । 

राहुल गान्धीले सीबीआई विवाद राफेल घटनासँग जोडिएको बताउँदै आएका छन् । उनले सीबीआई निर्देशक आलोक वर्मालाई बिदामा पठाउनुको पछाडि नरेन्द्र मोदीको हात रहेको आरोप लगाएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *