प्रदेश नं. १ मा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सुरु

विराटनगर, कात्तिक, ११ । प्रदेश नं १ मा नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ । 

नेपाल प्रहरीले स्थानीय तहसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा आजबाट ल्याएको हो । कार्यक्रमको मुख्यमन्त्री शेरधन राईले गमलामा पानी हाली उद्घाटन गरेका छन् । 

मुख्यमन्त्री राईले कार्यक्रमको उद्घाटन पछि सम्बोधन गदै भष्ट्रचार र अपराधमुक्त प्रदेश बनाउने प्रदेश सरकारको योजनालाई समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु भएसँगै थप सहयोग पुग्नेमा आफु आशावादी बनेको बताए । 

null

उनले शान्ति सुरक्षा बिना विकाश असम्भव रहेकाले यो कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न समुदायको सहयोगको आवश्यतामा जोड दिए । कार्यक्रममा नेपाल प्रहरीले तयार पारेको साझेदारी पत्रमा स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा स्थानीय तहका प्रमुख र मोरङका प्रहरी प्रमुख मनोज केसी बिच समझादारीपत्रमा हस्ताक्षर भएको थियो । 

कार्यक्रममा उर्लाबारी, रतुवामाई, लेटाङ, रंगेली नगरपालिकासहित मिक्लाजुङ र बुढीगंगा गाउँपालिकाका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यो सगै प्रदेश नं १ अन्तर्गतका १ सय ३७ स्थानीय तहमा यो कार्यक्रम लागु हुनेछ । समझादारीपत्रमा स्थानीय तह र प्रहरीबीच साझेदारी निर्माणको प्रक्रिया, समुदाय प्रहरी समितिको काम कर्तव्य र जिम्मेवारी, कार्यक्षेत्र, समुदाय केन्द्रित कार्यक्रमका प्रमुख प्राथमिकता र गतिविधि, विद्यालय केन्द्रित कार्यक्रमलगायतका विषय समेटिएका छन् । 

कार्यक्रममा १ नं प्रदेश प्रहरीका प्रमुख केदार रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणाका विषयमा जनकारी गराएका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की लगायतले समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु भएसँगै प्रदेशलाई अपराधमुक्त बनाउने योजना सार्थक हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा प्रदेश नं. १ अन्तर्गत १ सय ३७ सथनीय तह रहेकामा हालसम्म ३० भन्दा बढी स्थानीय तहले समझादारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिइएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *