भारतीय कम्युनिस्ट पार्टीका नेता काठमाडौँमा

कात्तिक ८, काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार बिहान नेपाल आइपुगेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा काठमाडौं आएका हुन् । 

नेपाल बसाइँ अवधिभर उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत उनले सम्बोधन गर्ने नेकपाले जनाएको छ । 

null

दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भई नेकपा बनेपछि आयोजना गर्न लागिएको चियापानमा सहभागी हुन नेकपाले यचुरीलाई विशेष निमन्त्रणा गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *