ताइवानमा रेल दुर्घटनामा १८ काे मृत्यु

कार्तिक ५, एजेन्सी । ताइवानको उत्तर पूर्वी क्षेत्रमा भएको रेल दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टीमा दुर्घटना हुँदा अन्य १ सय ७० भन्दा बढी घाइते भएका छन् । 

८ डिब्बा रहेको सो रेलमा ३ सय ६६ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

ताइवानको रेल सञ्जाल अत्यन्त ठूलो मानिन्छ जसमा हरेक दिन ५ लाख भन्दा बढी रेल सञ्चालन हुने गर्छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *