जनताहरू छट्पटिँदै काँग्रेस नै ठीक भन्न थालिसके– कांग्रेस नेता प्रकाशमान

काठमाडौँ, असोज १६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको आलोचना गरेका छन् । क्षेत्र नं १ काठमाडौँको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले वर्तमान दुई तिहाई बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै व्यग्र आलोचना गरेका हुन् । 

वर्तमान सरकारले स्थीरता र शान्ति सुव्यवस्था दिन नसकेको उनले बताए । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप् मानिरहेको उनको दावी छ । अहिलेको राजनीतिक अस्थीरतालाई माओवादी जनयुद्धको त्राससँग तुलना गर्दै नेता सिंहले भने, ‘जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन् ।’ 

महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको र काँग्रेस नै ठीक भन्न थालेको उनको भनाइ छ । 

null

नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको उनले जानकारी दिए । उनले भने, ‘अब यो पार्टीलाई समृद्धिको अभियानमा, आर्थिक क्रान्तिमा फिट गर्नका लागि हामीले आन्तरिक रुपमा अभ्यास सुरु गरेका छौं ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *