उपत्यकाबाट २१ मेट्रिक टन फोहर व्यवस्थापन

कात्तिक,  १० काठमाडाौँ  । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइ महाभियानको २८५ औँ हप्तामा आज बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ४६० भन्दा बढी अभिया कर्मीको सहभागिता थियो । 

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिईन । सफाइमा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह पनि सहभागी भएका थिए । सफाइपछि सचिव सिंहले तिलगंगाबाट बुद्धनगर पुलसम्मको नदीको अनुगमन पनि गरे । सभ्यताको स्रोत वाग्मती सफाइ गर्ने अभियानलाई मन्त्रालयले उच्च महत्व दिएको उनको भनाइ थियो । 

null

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४६ औँ हप्ताको सफाइ कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित हत्यामोचनघाट क्षेत्रमा गरेको छ । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्र्मी देवी खरेलले जानकारी दिईन । 

रुद्रमती सफाइको २४० औँ हप्तामा रातोपुल–कालोपुल–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्र्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताए । 

विष्णुमती सफाइको २१२ हप्तामा सहभागी सबै चाडबाड मनाउन उपत्यका बाहिर गएकाले सफाइ गर्न नसकिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिए । मनोहरा सफाइको ८५ औँ हप्तामा नरेफाँट अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहालसहित ११० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए । 

चक्रपथ सफाइको ८१ औँ हप्तामा नयाँ बसपार्क आकाशे पुल वरपरको क्षेत्रमा सफाइ गरियो । त्यस क्षेत्रमा सुर्ती र गुट्खा खाएर खोल सडकमा फाल्नेको सङ्ख्या बढेपछि सातवटा पसलमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ जफत गरी फालिएको अभियानकर्मी लोकबहादुर टण्डनले सुनाए । 

गुट्खा, सुर्तीका खोल र प्लाष्टिकजन्य चिजबिजको बेचबिखनमा प्रतिबन्ध लगाउन अभियानकर्मीले माग गरेका छन् । सफाइबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । बिजीमल अघिको सडकमा मरेको कुकुर फालेर दुर्गन्ध फैलिएकामा क्लिन नेपाल संस्थालाई जिम्मा लगाइएको जनाइएको छ । 

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ८१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आलोकनगर सफाइ अभियानकर्मीको समूह वाग्मती सफाइ महाभियानको सफाइमा बुद्धनगर पुगेको संयोजक प्रमिला पौडेलले बतार्इन ।  

चक्रपथ बाफल खण्डको ६३ औँ हप्तामा स्युचाटार पुलबाट सोल्टी दोबाटोसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १७५ भन्दा बढी अभियानकर्र्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *