प्रदेश सरकारले बहुप्राविधिक शिक्षालय सञ्चालनको प्रकृया अगाडी बढायो

बिराटनगर, कात्तिक १२ । प्रदेश नं १ सरकारले पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको प्रकृया अगाडी बढाएको छ । १ नं प्रदेश मन्त्री परिषद्को आइतबार साझँ बसेको बैठकले प्रदेश सरकार मातहतको बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्य विधेयक निर्माणका लागि समाजिक विकास मन्त्रालयलाई सैैद्धान्तिक सहमति दिएको छ । 

यो सगै मोरङको हात्तीमुडामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेशको पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेको छ । सामाजिक विकास मन्त्रालयले मनमोहन मेमोरियल पोलिटेक्निकलाई बहुप्राविधिक शिक्षालयका रुपमा सञ्चालनका लागि मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा यसअघि नै प्रस्ताव लगेको थियो । 

सामाजिक विकास मन्त्रालयका उपसचिव एव प्रवक्ता फणिन्द्र खत्रीका अनुसार मन्त्री परिषद्को बैठकले मनमोहन प्राविधिक विश्व विद्यालय सम्बन्धी बिधेयक निर्माणका लागि मन्त्रालयलाई शैद्धान्तिक स्वीकृत दिएको छ । 

null

यो सँगै अब आवश्यक कानुन निर्माण गरी मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेश सरकारको मातहतमा सञ्चालन गरिने गरी प्राविधिक विश्व विद्यालय बनाउने प्रकृयाले मुर्त रुप लिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *