वर्षौपछि धरानमा शुरु भएको मेलामा झडप, दुई जना घाइते

कात्तिक ६, धरान । धरानमा दशैँको अवसरमा शुरु भएको मेलामा झडप हुँदा दुई जना घाइते भएका छन् । 

मेला शुरु भएको भोलिपल्ट नै राजनीतिक दलले हंगामा मच्चाउँदा भएको झडपमा किरात खम्बुवान साझा पार्टीका बलजित तामाङ र समिक्ष श्रेष्ठ घाइते भएका हुन् । 

तामाङको टाउकोमा चोट लागेको छ भने श्रेष्ठको देव्रे कोखामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

null

 

हिजो दिउँसो करिब ४ बजेतिर मेलाको उद्घाटन गरिएको थियो । झडप हुँदा मेलाको प्रवेशद्वार समेत तोडफोड गरिएको छ । झडप नियन्त्रण तथा भीड तितरवितर पार्नका लागि ईलाका प्रहरी कार्यालय धरानले असुरग्यास प्रहार गरेको छ । आन्दोलनकारीहरुले भने नगरपालिकामा ताला लगाउने चेतावनी दिएका छन् । 

यसअघि विभिन्न राजनीतिक दलले भाँजो हालेका कारण यो मेला विगत लामो समसम्म स्थगित भएको थियो । 

धरान उप–महानगरपालिकाको बैठकले धरानमा मेला लगाउने स्वीकृति दिएलगतै नेपाली काँग्रेस र अन्य ६ दलहरु संघीय लिम्बुवान मञ्च धरान नगर समिति, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेश्नल अर्गनाइजेशन, किरात खम्बुवान साझा पार्टी र नेकपाको बैठकले मेलामा विकृति निम्तने भन्दै असहमति जनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *