वीपी प्रतिष्ठानको चेक काण्डः लेखा शाखाका कर्मचारीको यस्तो छ भनाई

असोज २९, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चेककाण्डमा प्रतिष्ठानका लेखा शाखाका कर्मचारीहरुले आपत्ति जनाएका छन् । 

प्रतिष्ठानबाट गत बैशाखमा जिवन पौड्यालको नाममा रु ५ लाख ५० हजारको चेक भुक्तान भएको विषयमा प्रतिष्ठानले आन्तरिक छानविन गरिरहेकोमा केहि सञ्चार माध्यममा प्रतिष्ठानका जिम्मेवार पदाधिकारी रजिष्ट्रार र शिक्षाध्यक्षको नाम किटेर उनीहरुलाई स्पष्टिकरण मागिएको विषयमा ती कर्मचारीले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।  

गएको साता उनीहरुले विज्ञप्ति जारी गर्दै गत बैंशाखमा आर्थिक प्रशासनबाट एनआइसी एशिया बैंकको चेकबाट जिवन पौड्यालको नाममा ५ लाख ५० हजार भुक्तान भएको र उक्त पैसा के कारणले भुक्तान भएको आन्तरिक छानविन भइरहेको अवस्थामा छानविनको रिपोर्ट नै नआइ पदाधिकारीलाई नै दोषि देखाएर आएको समाचार प्रति आफुहरुको गम्भिर आपत्ति रहेको बताइएको छ ।  

null

कर्मचारीहरुले चेकका विषयमा सम्बन्धित बैंकसँग छानविन गरि सत्यतथ्य पत्ता लगाउन भनिएको र बैंकले समेत चेक लिने पर्वत जिल्लाका जिवन पौडेललाई झिकाएर आन्तरिक छानविन गरिरहेको र छानविन टुँगिनेक्रममा रहेको बताएका छन् ।  

गोप्य रुपमा छानविन भइरहेको समयमा प्रतिष्ठानको रजिष्ट्रार र आर्थिक प्रशासन प्रमुखले नै जानी बुझि चिनेजानेको ब्यक्तिलाई चेक दिएर प्रतिष्ठानलाई हानी नोक्सानी पुर्याएको जस्तोगरी विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भइरहँदा प्रतिष्ठानका पदाधिकारीको ब्यक्तिगत चरित्रहत्या गर्ने नियत देखिएको कर्मचारीहरुको जिकिर छ ।  

विज्ञप्तिमा प्रतिष्ठानका लेखा शाखाका रुपा सिंहाची, कमल कुमार राया, सुमन दाहाल, मोहन राई, उत्तम खड्का, छत्तर दास, सरोज आचार्य, इन्दिरा कार्की, मोहन चौधरी, सत्यनारायण चौधरी, संजीव चौधरी, चन्द्र मगर र रमेश खतिवडाले हस्ताक्षर गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *