कर्मचारी युनियनको अनशनमा विद्यालय कर्मचारी संघर्ष समितिको ध्यानाकर्षण

काठमाडौँ, असोज १४ । विद्यालय कर्मचारी संघर्ष समितिले संघीय ऐन निर्माण नभएमा स्थानीय तहमा भइरहेको ज्यादती रोक्नका लागि संघीय मामिला मन्त्रालयमा पत्र  पठाउने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको शैक्षिक सम्वाद तथा समन्वय समितिको बैठकले संघीय ऐन निर्माण नभए सर्वोच्च अदालतको आदेश, दरबन्दी मिलान कार्यदलनको प्रतिवेदन कार्यान्वयन नहुँदै तत्काल स्थानीय तहहरुमा भइरहेको ज्यादती रोक्न संघीय मामिला मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको हो । 

समन्वय समितिका संयोजक सह सचिव सूर्य गौतमको अध्यक्षतामा बसेको बैठकले कर्मचारी युनियनको अनशनमा ध्यानाकर्षण भएको भन्दै नेपाल शिक्षक महासंघ मार्फत् वार्ता र संवादमा ल्याउन पहल गर्ने निष्कर्श निकालेको छ । 

null

विद्यालय कर्मचारी संघर्ष समितिले कानुन आयोगबाट आएको संघीय ऐनको ड्राफटमा तरङित नहुन सबै शैक्षिक सरोकारवालासँग अनुरोध समेत गर्ने भएको छ । 

आइतबार बिहान बसेको बैठकमा राज्यसँग भएको विगतका सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । 

संघीय ऐनको प्रारम्भिक मस्यौदा र शैक्षिक सरोकारहरुको चासो, चिन्ता, बहस, राहत, बालबिकास शिक्षक आन्दोलन, विद्यालय कर्मचारी आन्दोलन ,उमावि शिक्षक व्यवस्थापन, शिक्षक महासंघका ऐनमा स्थानीय स्तर सम्म प्रबन्ध र अधिकार क्षेत्र, ट्रेड युनियनकर्मिको अधिकारका साथै शिक्षक कर्मचारीहरुका आक्रोशका लगायतका विषयहरु बैठकमा उठेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *